रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली करिडोरको रेगिल, सान्निघाट सडकखण्ड राति बन्द हुने

     कालिकोट — कर्णाली करिडोर अन्तर्गत रेगिल,सान्निघाट सडकखण्डमा केही समयका लागी रातिको समयमा सवारी अवागमन बन्द गरिने भएकोछ । कर्णालि करिडोरको ठिक माथि रकु लुयाटा सडक  निर्माण कार्य तीव्र रूपमा सञ्चालन भइरहेकाले रातिको समयमा आवागमन बन्द गरिएको छ।

गृह प्रशासनसंगको समन्वयमा निर्माण कम्पनी अभियान कन्स्ट्रक्सन प्रालिले जारी गरेको सूचनाअनुसार सान्नित्रिवेणी क्षेत्रको सानतिघाट मानेवजार क्षेत्र देखि  कोटसम्म रातिको समयमा पैदल यात्रा तथा सवारी आवागन पुर्णरूपमा बन्द गरिने बताईएको छ ।  सान्नित्रिवेणी,रकु,लुयाटा सडकखण्ड  निर्माणका क्रममा माथिबाट ढुंगा खस्ने जोखिम बढेकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन तथा पैदल यात्रुको आवतजावत पूर्ण रूपमा बन्द गरिएको हो।

कम्पनीका प्रो राइटर गणेश आचार्यका अनुसार निर्माणस्थल आसपासका अमताडा, माने बजार लगायतका क्षेत्रमा समेत सुरक्षा जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा आवागमन नगर्न तथा त्यस क्षेत्रका पसल , गोठ ,खर्कहरूमा  बसोवास नगर्न समेत आग्रह गरिएको छ।

स्थानीय प्रशासन तथा स्थानीय तहसँगको समन्वयमा उक्त निर्णय गरिएको जनाइएको छ। निर्माण कार्य सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई निर्धारित समयभित्र उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरिएको छ।

निर्माण कम्पनीले यात्रु, स्थानीय बासिन्दालाई  वैकल्पिक व्यवस्था अपनाउन तथा जारी सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

आज असार २ गते देखी रकु लुयाटा सडक निर्माण कार्यको तल पर्ने क्षेत्रमा गाईभैसी ,पसु चौपाया समेत नछाड्न र घासदाउरा गर्ने कार्यमा नगईदिन सुचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !