रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली करिडोरको सिस्नेगडामा ढुङ्गा लागेर एक जनाको मृत्यु

कालिकोट, असार ११ – कर्णाली करिडोर अन्तर्गत सान्तिघाट–आम्तडा सडकखण्डको सिस्नेगडा क्षेत्रमा माथिबाट खसेको ढुङ्गा लागेर एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–८ फुकोट बाखरकोट निवासी अन्दाजी २३/२४ वर्षीय बाबुराम टमाटा रहेका छन्।

प्रहरीका अनुसार मिति २०८३ असार १० गते राति करिब ११ बजे सान्नी त्रिवेणी गाउँपालिका–३ कर्णालि करिडोरको सिस्नेगडास्थित लुयटावाट रकु जोड्ने भित्री सडकखण्डमा डोजरले सडक कटिङ गर्नेक्रममा खसेको ढुंगा लागेर घाईते भएका   बाबुराम टमाटाको निधन भएको कालिकोट प्रहरीले बताएको छ । टमट्टा  सहित करिब १० जना युवाको  समूह रास्कोट बाट सान्नी त्रिवेणी गाउँपालिका–१ शेरी ज्युलामा  राम हेर्न जान लागको बुझिएको छ । सोही क्रममा माथिबाट खसेको ढुङ्गा टमाटाको टाउकोमा लागेर गम्भीर घाइते भएका थिए।

कालिकोट प्रहरीले घटनाबारे सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट सान्नीघाटबाट प्रहरी सहायक निरीक्षक डम्मरदत्त जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको  बताएको छ । घाइते टमाटालाई राति नै कर्णाली प्रदेश ०२–००२ झ २६९ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक रणनीतिक अस्पताल स्युना, रास्कोट गौतुकोट पठाइएको थियो।

उपचारका क्रममा आज बिहान ६ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

उक्त क्षेत्रमा निर्माण व्यवसायी गणेश आचार्यको अभियान कन्स्ट्रक्सन प्रालिले गत असार २ गतेदेखि स्थानीय प्रशासनसँग समन्वय गरी रातिको समयमा सवारी आवागमन बन्द गरेर सडक निर्माण कार्य सञ्चालन गरिरहेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !