रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि प्रचण्ड भेट्न पुगेका मुख्यमन्त्री र नेकपा नेताहरूलाई प्रचण्डले दिए यस्तो निर्देशन

सुर्खेत । मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार तथा शपथग्रहण कार्यक्रम अन्तिम समयमा आएर अन्योलमा परेको  थियो । मुख्यमन्त्री शाहीकै आग्रहमा यसअघि तय भएको शपथग्रहण कार्यक्रम स्थगित गरी भदौ ११ गतेका लागि सारिएको थियो।

मन्त्रिपरिषद् विस्तारका क्रममा सुर्खेतका बिन्दमान विष्ट, हुम्लाका जुम्कित लामा र रुकुमका मिलन खड्का मन्त्री बन्ने चर्चा बाहिरिएपछि सत्तारूढ दल नेकपाभित्रै असन्तुष्टि र भागबण्डाको विवाद चर्किए पछी ११ गते आजलाई सारिएको सफथग्रहण कार्यक्रम आज पनि यो समचार तयार पार्दासम्म अन्यौलनै छ  । आज सफथ हुन नसके भोलि देखि निरन्तर तिन दिन बिदा रहेकाले आजै टुंगाउन नेकपा संसद छलफलका लागी प्रदेशसभा भवनमा जम्मा भएका छन ।

पार्टीभित्रको विवाद समाधान गर्न कर्णाली प्रदेशका पार्टी इन्चार्ज चन्द्रबहादुर शाही र बिमला केसी काठमाडौं पुगेको र उनीहरूले बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डसँग भेट गरी विवाद मिलाइदिन आग्रह गरेको प्रचण्डनिकट सचिवालय स्रोतले बताएको  छ।

त्यसैगरी मुख्यमन्त्री मंगलबहादुर शाही पनि बुधबार बिहान काठमाडौं पुगेका थिए। उनी सोही दिन बेलुका कर्णाली फर्किएका हुन

मन्त्रिपरिषद् विस्तारमा अहिले मुख्य विवाद पुर्व  समाजवादीकी एक्ली प्रदेशसभा सदस्य कल्याणी खड्काको मन्त्रिमा नाम ईन्ट्रि गराउने बिषयलाई  लिएर देखिएको छ। खड्कालाई मन्त्रिपरिषद्मा समेट्ने अवस्थामा पूर्वमाओवादी खेमाबाट प्रस्तावित तीनमध्ये एक सांसदलाई तत्काल मन्त्री नबनाउने वा आलोपालो प्रणालीमार्फत पछि अवसर दिने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ।

प्रचण्डनिकट स्रोतका अनुसार अहिले नै नाम तोकेर मन्त्री बनाउने निर्देशन  हिजो पनि केन्द्रबाट दिइएको छैन। पार्टी एकताको सकारात्मक सन्देश जाने गरी मन्त्रिपरिषद् गठन गर्न तथा सबै आकाङक्षिलाई  आलोपालो अवसर दिने गरी सहमति जुटाउन सुझाव दिइएको बताइएको छ।

यसैबीच पूर्वमाओवादी खेमाबाट मन्त्री बन्ने तयारीमा रहेका तीन सांसदबीचको आन्तरिक अन्तरविरोधमा पार्टी इन्चार्ज चन्द्रबहादुर शाहीले खेलेर एक सांसदलाई मन्त्री बनाउन सफल हुने अवस्था बनेको  भन्दै पुर्व माओवादी बृत्तमा असन्तुष्टि चुलिएको छ। यद्यपि  कल्याणी खड्काकोपछि ईन्ट्रि वा अहिले भन्ने बारे  आधिकारिक रूपमा कुनै पुष्टि भएको छैन।

मन्त्रिपरिषद् विस्तारबारे पार्टी केन्द्रको ध्यानाकर्षण गराउन सक्रिय पूर्वमाओवादी पृष्ठभूमिका केही सांसदहरूले भने शपथग्रहण हुने नहुने र अन्ततः को मन्त्री बन्दैछ भन्ने विषयमा आफूहरूलाई स्पष्ट जानकारी कसैले नदिइएको बताएका छन्।

नेकपा संसदीय दलको बैठक आयोजना गरी मन्त्रीको नाम टुंग्याउने विषयमा प्रदेशसभामा छलफल भइरहेको छ। संसदीय दलका मुख्य सचेतक कृष्ण जिसीले आफूलाई मन्त्रिपरिषद् विस्तारबारे मुख्यमन्त्रीले अहिलेसम्म जानकारी नदिएको बताए।

यता पूर्वमन्त्री तथा सांसद दुर्गबहादुर रावतले भने तीन जना प्रस्तावित मन्त्रीमध्ये समाजवादीकी कल्याणी खड्कालाई समेत समेट्ने विषयमा छलफल भइरहेको जानकारी आफूले पाएको बताए।

मन्त्रिपरिषद् विस्तारको अन्तिम टुंगो लाग्न नसक्दा कर्णालीमा शपथग्रहण कार्यक्रम हुने–नहुने विषयसमेत अन्योलमा छ। अहिले सत्तारूढ नेकपाका सांसदहरू प्रदेशसभामा भेला भएर कसलाई तत्काल मन्त्री बनाउने, कसलाई पछि आलोपालोमा अवसर दिने र पार्टीभित्रको असन्तुष्टि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफलमा जुटेको बुझिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !