रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सुर्खेतमा ‘कोण सभा’ : महिला नेतृत्व र सहभागिता बढाउन अभियान

टिकाराज उपाध्याय  कालिकोट- सुर्खेत~     आगामी २०८४ सालमा हुने निर्वाचनमा महिलाको नेतृत्व तथा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले सुर्खेतका विभिन्न स्थानीय तहमा ‘कोण सभा’ कार्यक्रम सम्पन्न भएको छ।
‘अनुपम अभियान’ अन्तर्गत वि.सं. २०८३ साल असोज ७ देखि ९ गतेसम्म सुर्खेतका विभिन्न स्थानमा अन्तरपुस्ता महिलावादी मञ्चको संयुक्त आयोजना तथा नागरिक आवाजको सहकार्यमा कार्यक्रम गरिएको हो।
बराहताल गाउँपालिकाको बड्डीचौर, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिकाको मायाताल, भेरीगंगा नगरपालिकाको छिन्चु, गुर्भाकोट नगरपालिकाको बोटेचौर र सिम्ता गाउँपालिकाको ज्यामुने बजारमा कोण सभा आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आगामी निर्वाचनमा महिलाको नेतृत्व र सहभागिता बढाउने, महिला सशक्तीकरणलाई प्राथमिकता दिने तथा समावेशी नेतृत्वको यात्रालाई निरन्तरता दिने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले महिलाको नेतृत्व, अधिकार, आत्मनिर्भरता र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका विषयमा विचार–विमर्श गरेका थिए।
कार्यक्रमले आगामी दिनमा महिलाको राजनीतिक तथा सामाजिक सहभागिता बढाउन अभियानलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
महिला सशक्तीकरण मञ्च नेपालकी कार्यकारी निर्देशक लक्ष्मी जिसीले महिलाको नेतृत्व र सहभागिता सुनिश्चित गर्न निरन्तर अभियान तथा सामूहिक ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी भई साथ, समर्थन तथा ऐक्यबद्धता जनाउने सम्पूर्ण सहभागीहरूप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !