कालिकोट। कालिकोटको पलाँता गाउँपालिका–१, पुलाहाँ निवासी ४४ वर्षीया आईती भण्डारी परिवारिक सम्पर्कबिहिन भएपछि परिवारले खोजी गरिदिन सार्वजनिक अपिल गरेको छ।
श्रीमान् धनवीर भण्डारीकी श्रीमती आईती भण्डारी २०८३ साल कार्तिक १९ गते बिहीबार राति घरबाटै बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।
विगत ६ वर्षदेखि मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेकी भण्डारी बिहीबार रातिदेखि घरवाटै हराए पनि परिवारको सम्पर्कमा नआएको उनका देवर शक्ति भण्डारीले बताएका छन्।
भण्डारीको खोजीका लागि परिवारले उनको तस्बिर सार्वजनिक गर्दै भेटाउनुहुने महानुभावलाई नजिकैको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन आग्रह गरेको छ।
उहाँलाई कतै देख्नुभएमा वा फेला पार्नुभएमा ९८४८२२६१९९ मा परिवारलाई वा रेडियो प्रदेश आवाज ९४ मेगाहर्ज को सम्पर्क नम्बर ०८७–४४०३०१ मा जानकारी गराइदिन अनुरोध गरिएको










