रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट नगरका चार वर्षीया जेनिशाको जीवन बचाउन परिवारलाई आर्थिक अभाव

कालिकोट। रास्कोट नगरपालिका–१, न्यौपानेवाडाकी चार वर्षीया जेनिशा न्यौपाने भिरमा खसेर  गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । उनलाई अस्पताल सम्म पुर्याउन समेत समस्या परे पछी आफन्तको सहयोगमा अस्पतालमा पुर्याईएको थियो । १८ गते  कोहोलपुर पुर्याईएकी जेनिशाको   उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन ।

गत १८ गते घरनजिकै खेल्ने क्रममा करिब ३० मिटर तल खसेर टाउकोमा गम्भीर चोट लागेपछि जेनिशा हाल कोहलपुर मेडिकल कलेज, दशबिगाहामा उपचाररत रहेकी छन्। उनका आफन्त दिनेश न्यौपानेका अनुसार बालिकाको अवस्था गम्भीर रहेकाले चिकित्सकको सल्लाहअनुसार लामो समयसम्म सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएको  घाईते जेनिशाका बुला बुवा लोकराज न्यौपानेले बताएका छन ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भइरहेको आफन्तले बताएका छन्। जेनिशाका बुबा दीर्घराज न्यौपाने र आमा मेगा बरालले छोरीको उपचारका लागि सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेका छन्।

यस कठिन परिस्थितिमा मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ आफ्नो गच्छेअनुसार सहयोग गरिदिन परिवार तथा आफन्तले सबैमा आग्रह गरेका छन्।

सानो सहयोगले पनि जेनिशाको उपचारमा ठूलो राहत पुग्न सक्ने भएकाले सहयोगी मनहरूलाई उनको जीवन रक्षाका लागि साथ दिन अपिल गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !