कालिकोट / कालिकोटको एक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले रसुवाका बाढीपीडितका लागि ९ हजार २० रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
‘एक–एक मिलेर हजार हुन्छ, थोपा–थोपा मिलेर सागर हुन्छ भन्दै शान्नित्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको शंकर माध्यामिक बिद्यालयका शिक्षकहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी बाढीपीडितलाई सहयोग स्वरूप प्रधानमन्त्री दैबि प्रकोप उद्वार राहतकोषमा जम्मा गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक मिना कार्की र सहायक प्रधानाध्यापक सुजन बिष्टले जनही १ हजार १० रुपैयाँ तथा शिक्षकहरू लालबहादुर नेपाली, सरस्वती आचार्य, खगिसरा बोहोरा, बिमला थापा, खेमराज गिरी र केशव सञ्ज्याल तथा विद्यालय कर्मचारी मीनबहादुर गिरीले जनही १ हजार रुपैयाँ सहयोग गरेका छन्।
विद्यालय परिवारले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ। साथै बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रधानाध्यापक कार्कीले बेपत्ता भएकाहरूको तत्काल खोज तथा उद्धार गर्न स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय र विभिन्न संघसंस्थालाई विद्यालय परिवारले सहयोग पुगोस भनेर जमणमा गरेको हो । जसमा सहयोग विवरणमा ,मिना कार्की (प्रधानाध्यापक) — रु. १,०१० सुजन बिष्ट (सहायक प्रधानाध्यापक) — रु. १,०१० लालबहादुर नेपाली (शिक्षक) — रु. १,००० सरस्वती आचार्य (शिक्षक) — रु. १,०००खगिसरा बोहोरा (शिक्षक) — रु. १,००० बिमला थापा (शिक्षक) — रु. १,००० खेमराज गिरी (शिक्षक) — रु. १,०००,मीनबहादुर गिरी (विद्यालय कर्मचारी) — रु. १,००० केशव सञ्ज्याल (शिक्षक) — रु. १,०००जम्मा — रु. ९,०२० (अक्षरेपी नौ हजार बीस रुपैयाँ मात्र)।









