एमाले बिभाजन पछि बनेको माधव नेपाल नेतित्वको एकीकृत समाजबादि कालिकोटमा बलियो देखिएको छ । एमालेमा रहेका सबै नेता तथा कार्यकर्ताहरु एमालेमै रहने भनेर दिवा सपना देख्नेहरुलाई नेकपा(एकीकृत समाजवादी)ले गाउगाउमा राजनितिक अभियान चलाएर व्यापक उपस्थिति देखाएको छ । नेकपा एकिकृतका नेता चित्रसिह गाउलले दैनिक जसो सामाजिक सन्जालमा सभासम्मेलनका फोटो राख्ने गर्नु हुन्छ । पचालझरना ,पचालझरना ,नरहरिनाथ र पलाँतामा गाउभेला गरेर गाउकमिटि गठन गरेको छ । पलातामा छत्र बम अध्यक्ष र गोबिन्द वम सचिव रहेको १ सय ५१ सदस्यीय गाउँ कमिटी घोषणा गरेको नेता गाउलेले बताउनु भयो । अभियानले समाजबादि कम्जोर छ एमाले बहुमत हामी संग छ भन्ने लाई दह्रो जवाफ दिएको छ नेता गाउलले बताउनु भयो । असोज/कार्तिक को कामलाई थाती राख्दै घण्टौं पैदल हिडेर हामीलाई समय र साथ दिने पलाँताबासी लाई धन्यवाद दिदै नेता गाउललेलेे पलातामा साबिक एमालेको बहुमत पक्ष अाफुसंग रहेको बताउनु भयो ।
कुर्मराज शाहि समाजबादिको केन्द्रीय सदस्यमा
पार्टी बिभाजन संगै माअोबादि सरकार जोगाउन फलोर क्रस गरेर चर्चा कमाएका कर्णाली सरकारका भुमि ब्यवस्था तथा कृषिसहकारि मन्त्रि कुर्मराज शाहि एकीकृत समाजबादीको केन्द्रीय सदस्य बनेका छन ।पछिल्लो चरण राजनितिक घटनाक्रममा नाम जोडियर चर्चित बनेका कुर्मराज शाहि समाजबादिमा रहे पछि कालिकोटमा समाजबादि बलियो रहेको दाबि समाजबादिको छ । समाजबादिको केन्द्रीय सदस्य बनेका कुर्मराजशाहिलाई उनी समर्थकहरूले जिल्लामा ब्यापकरूपमा धन्यवाद दिदै अबिनन्दन स्वागत गरेका छन ।