रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

राप्रपा पुर्व अध्यक्ष एेन ब शाही र खाडाचक्र नगरकार्यपालिका सदस्य ताम्राकारद्वारा पार्टी परित्याग , माअोबादी केन्द्रमा प्रबेसराप्रपा पुर्व अध्यक्ष एेन ब शाही र खाडाचक्र नगरकार्यपालिका सदस्य ताम्राकारद्वारा पार्टी परित्याग , माअोबादी केन्द्रमा प्रबेस

नेकपा एमालेबाट खाँडाचक्र नगरपालिका कार्यपालिका सदस्य रहेका लोकप्रिय गायक तथा युवा नेता धर्मराज ताम्राकारले नेकपा एमाले परित्याग गरेका छन ।उनी पणरदृश राजधानि सुर्खेतमा भएको एक कार्यक्रममा अौपचारिक रूपमन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशमा एक कार्यक्रमका उनी सहित राप्रपा कालिकोटका पुर्व अध्यक्ष तथा चर्चित राष्टिय भलिबल संघका उपाध्यक्ष एेन बहादुर शाहि पनि माअोबनदि केन्द्रमा प्रवेश गरेका हुन् ।कर्णाली प्रदेश इन्चार्ज शक्ति बहादुर बस्ने,सह-इन्चार्ज तथा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको एक कार्यक्रममा उनले नेता द्वोयलाई सम्मान सहित सणवागत गरेकन हुन ।उक्त कार्यक्रम मा नेता ताम्राकार संगै जयपाल विक ,नया सुनार ,लगाएतले पनि प्रवेश गरेका हुन्।केही दिन पछि वडा मा पनि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रमको आयोजना गर्ने युवा नेता ताम्राकारले बताए ।२०७४ सालको स्थानीय निर्वाचनमा झिनो मत अन्तरले कांग्रेस नेता गणेश शाहि संग वडा अध्यक्षमा पराजित भएका ताम्राकार पार्टी बिभाजनमा नेकपा एमालेमा रहेर खमणबाका रूपमा उभिएका थिए । पछिल्लो समय राजनितीमा सक्रिय ताम्राकारले पाटी छोड्दा खाँडाचक्र नगरपालिका वडा-१ मा एमाले लाई ठुलो धक्का पुगेको । नेकपा एमालेको राष्टीय महाधिबेसनको कार्यक्रम अनुसार वडा अधिवेशन सम्पन्न हुने दिनमै एमालेकै बहुमतको स्थानिय सरकार रहेको खाडाचक्रममा जनप्रतनिधिनै माअोबादि केन्द्रमा प्रबेस गर्नुले एमालेमा धक्का लाग्ने विश्लेषण गर्न थालिएको छ । संघियता समानुपातिक समाबेसिता माअोबादीको एजेण्डा रहेको भन्दै दलित निमुखा र पछाडि परेका बर्ग क्षेत्रको हित एमालेबाट सम्भव नरहेको भन्दै ताम्राकारले पार्टि छाडेको घोषणा गरेका छन । माअोबादि केन्द्रका जिल्ला अध्यक्ष धनजित शाहिको वडा खाडाचक्र १ मा अब माअोबादि केन्द्रको जनअाधार बढ्ने देखिएको छ । लामो समय राप्रपाको नेतित्व समालेका शाहि र कार्यपालिका सदस्यले नै माअोबादि केन्द्र रोजेपछि माअोबादि केन्द्रका नेता कार्यकर्ता उत्साहित हुँदै बधाई दिन समाजिक संन्जाल रंग्याउन लागेका छन । शाहिको नेकपा माअोबादि केन्द्रमा प्रबेस संगै राष्टिय प्रजातन्त्र पार्टी संकटमा पर्ने भएको छ । राप्रपाका एक प्रभावशालि युवा नेता प्रेम शाहि सहित अादा हिस्सा कांग्रेसमा प्रबेस गरेको छ भने पुर्व अध्यक्ष शहित केही हिस्सा नेताहरू माअोबादिमा लागेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !