रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नेकपा माअोबादी केन्द्र निकट शिक्षकहरूको संस्था एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो जिल्ला परिसद सम्पन्न , कालिकोट उपाध्यक्षमा मिना कार्की चयन

नेकपा माअोबादी केन्द्र निकट शिक्षकहरूको संस्था एकीकृत अखिल नेपाल शिक्षक संगठन को कालिकोट जिल्लाको तेस्रो जिल्ला परिषद सम्पन्न भएको छ । बुधबार जिल्ला सदरमुकाम मान्ममा अाय‍जित एक कार्यक्रमका बिच उद्घघाटन भएक‍ो परिसद भेलाले मनिचन्द अधिकारी नेतित्वको जिल्ला कार्यसमितिमा रिक्त रहेका पदहरूमा सर्वसम्मत रुपमा पद पूर्ति गरेर परिसद सम्पन्न भएको बताईएको हो । भेलाले मनिचन्द्र अधिकारी को अध्यक्षतामा नै १५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । गठन भएको जिल्ला समितिको उपाध्यक्ष मा मिना कार्की चयन भएकी छन । लामो समय माअोबादी अान्दोलनमा भुमिगत जीवन बिताएकी मिना कार्की सान्तिप्रकिया पछी शिक्षक पेसामा छिरे पछी उनी संगठनको खास्सै भुमिकामा रहेकि थिईनन् । तत्कालिन द्वन्द्का बेला माअोबादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको डढेलधुरा जिल्ला सचिव रहेकी मिना पछिल्लो चरण कालिकोटमा संन्चारउद्वमी पनि हुन । कालिकोटमा रहेको चर्चित रेडियो प्रदेश अावाजका संस्थापक अध्यक्ष समेत रहेकि कार्की कालिकोटमा रहेको रास्कोट खवर साप्ताहिक र खबर कर्णाली मिडिया प्रालि सन्चालनमा ल्याएर मिडियामा लगानि गरेकि संन्चारउद्वमी पनि रहेकि छन । उनले पछिल्लो चरण शिक्षक सेवामा स्थाई भएसंगै पुन माअोबादी अास्थावान पेसागत संघ संगठनमा सक्रिय हुन थालेकी छन । सामाजिक पेसामा क्रियाशिल मिना कार्की लामो समय शिक्षक संगठनको जिल्ला सदस्यमा बसेर काम गरेकी थिईन । एउटै पार्टीको अास्था राख्ने भातृसंगठन र पेसागत संगठनमा काम गर्दा सम्मान बरियता नहुदा उनले पछिल्लो चरण संगठनमा अाफ्नो फरकमत प्रस्तुत गर्दै हरेक बैठकमा उनले समग्र माअोबादी अान्दोलनले नै महिलाको नेतित्व बिकासमा भुमिका प्रदान गर्न नसकेको भन्दै संघर्ष गर्ने गर्थिन । तेस्रो जिल्ला परिसदमा सचिवको भुमिकामा ल्याउनु पर्ने अडानमा रहेकी कार्की अागामी जिल्ला सम्मेलनबाट जिल्लाको मुख्य भुमिका अाउने गरि अहिले उपाध्यक्षमा जिम्मेवारी समालेकी छन । भेलाद्वारा पदपुर्ती भएका पदहरूमा सचिव किस्न विक, अर्थ सचिव अम्मर विक, सह सचिव राई बहादुर शाही, सहसचिव मनिलाल सञ्ज्याल, सह सचिव मान बहादुर शाही लगायत कार्यालय सदस्य दिनेश बहादुर शाही, कर्ण बहादुर शाही, राजु उपाध्यक्ष, कर्नखर न्यौपाने सहित 15सदस्यीय कार्यालय टीम सहित आवसेक संख्या अनुसार जिल्ला परिषद गठन भएको छ।शैक्षिक क्षेत्रमा स्नाकोत्तर पासगरेकी मिना कार्की नेपाल पत्रकार महासंघ कालिकोटको साधरण सदस्य समेत रहेकी छन । मिडिया उद्वमी हुदा उनलाई पत्रकार महासंघले सदस्यता प्रदान गरेको थियो । संगठनको जिल्ला भेलाले रिक्त रहेको सचिवमा पलातागाउपालिका कृष्ण बिक चयन भएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन को कालिकोट जिल्लाको तेस्रो जिल्ला परिषदमा सर्वसम्मत रुपमा रिक्त रहेका पदहरूमा उपाध्यक्ष मा मिना कार्की, सचिव किस्न विक, अर्थ सचिव अम्मर विक, सह सचिव राई बहादुर शाही, सहसचिव मनिलाल सञ्ज्याल, सह सचिव मान बहादुर शाही लगायत कार्यालय सदस्य दिनेश बहादुर शाही, कर्ण बहादुर शाही, राजु उपाध्यक्ष, कर्नखर न्यौपाने सहित 15सदस्यीय कार्यालय टीम घोषणा गर्दै परिसद सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कालिकोट जिल्लाको तेस्रो परिषद होटेल ह्वाईट गेष्ट हाउस मान्म मा प्रदेश अध्यक्ष रेश्मीलाल चपाई को प्रमुख आतिथ्यमा र पार्टी जिल्ला अध्यक्ष धनजित शाही को विशेष अाथित्य मा पार्टीका प्रदेश समिति सदस्य जिल्ला स्तरका नेता कार्यकर्ता र संगठनका केन्द्रीय सदस्य प्रदेश सदस्य हरुको उपस्थितिमा सम्पन्न भएको हो । विभिन्न संगठन परित्याग गरी अादा दर्जन शिक्षकले एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन कालिकोट को
तेश्रो जिल्ला परिषदमा
नव प्रवेशिलाई स्वागत एवं अभिनन्दन समेत गरिएको थियो । रास्कोट ६ निवासी शिक्षक नेपाली कांग्रेसको शिक्षक संगठनका कपिल दर्ज़ी ,महावै गाउपालिका निवासी रत्न सिंह, सान्नि त्रिवेणी निवासी गणेश वुढा ,शुभकालिका निवासी श्री जल ब शाही , नरहरीनाथ निवासी श भरत व शाहीले एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रबेसगरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !