नेपालीहरूको दोस्रो ठूलो चार्ड दिपावलीका अबसरमा नेकपा माअोबादी केन्द्रका अध्यक्ष पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कालिकोटे संग छमछमी देउडाखेलेका छन । देउडा खेल्दै प्रचण्ड निवास पुगेको कालिकोट काठमाण्डौ सम्पर्क मन्चले अायोजना गरेको देउसी भैलोमा उनले देउडामै देउसी गाउदै पैदलहानेका हुन । देउसी भैलीमा कालिकोटका संघिय सांसद दुर्ग ब रावत , रास्टीयसभा सदस्य जीवन बुढा माअोबादी केन्द्रका अर्का प्रभावशाली नेता प्रदेश कमिटी सदस्य लक्ष्मी चौलागाई शैलेन्द्र,माअोबादी निकट कालिकोट काठमाण्डौ सम्पर्क मञ्चका पदाधिकारी लगाएत कलाकारहरू प्रचण्ड निबास पुगेको थिए । देउसी भैलि टिमसंगै प्रचण्डले देउडा गाए भने पैदल मिलाउन खोजे कालिकोट काठमाण्डौ सम्पर्क मञ्चका ईन्चार्ज तथा पार्टी विशेष प्रदेश कमिटी सदस्य धनकृष्ण चौलागाईले बताएका छन । उनलेभने कालिकोटबाट काठमाण्डौ अाएर विभिन्न कारणले बसेका कालिकोट बासीलाई सहयोग गर्न र माअोबादी अास्थामा केन्द्रित गर्न संगठित कालिकोट काठमाण्डौ सम्पर्क मञ्चले अायोजना गरेको देउसीभैलिबाट उठेको रकमले दुख पिडामा परेका कालिकोटबासीको उद्वार र अाबश्यक ब्यवस्थापनमा खर्च हुने कालिकोट काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष गोरक्षे बहादुर महताराले बताउनु भयो । विशेष गरि भाषासंस्कृतिको उदगम थलो कर्णालिको प्रमुख संस्कृति देउडालाई काठमाण्डौमा चिनाउनु र कालिकोट र कर्णालिको पहिचाहन संघिय राजधानिसंग जोड्नु मुख्य उधेश्य रहेको माअोबादी नेता जीवन बुढाले बताउनु भयो ।देउसीभैली टिमले पहिलो दिन अध्यक्ष प्रचण्ड निबास , माअोबादी निकट निर्माण ब्यवसायी संघका महासचिव मंगल शाहीको घरमा पुगेर देउसी खेलेको छ ।भने माअोबादीका तर्फबाट मन्त्री रहेका अर्तामन्त्री जनार्धन शर्मा तथा सरकारी कार्यालयमा देउसी खेल्दै रमाईलो गर्ने मञ्चले बताएको छ।