रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोट खाडाचक्र नगरपालिका वडा नं ७ को पुन मतगणना गरीदै ।

गत स्थानिय तह निर्वाचनमा एक मतले पराजित भए पछी कालिकोट खाडाचक्र नगरपालीका ७ पिलिका दिपराज कार्किले तत्कालिन पुनराबेदन अदालत जुम्लामा दिएको रिट माथि सुनुवाई गर्दै पुन मतगणनाका लागी अादेश भएको छ । खाडाचक्र नगरपालीका वडानं ७ पिलिमा स्थानिय तह निर्वाचन २०७४ मा नेकपा माअोबादी केन्द्रबाट वडाअध्यक्ष पदका प्रत्यासी उमेदार दिपकराज कार्कि निर्मल १ मतले पराजित भए पछि उच्च अदालत सुर्खेत जुम्ला ईजालासमा पुन मतगणनाका लागी उजुरी दिएका थिय । मतगणना पुन गरी पाउ भनी दिएको निबेदन तत्कालिन निर्वाचन अधिकारीसमक्ष दिए पनि सुनुवाई नभए पछी कार्की मतगणना बदरको माग गर्दै उच्चअदालत पुगेका थिए । स्थानिय तह निर्वाचन पुन नजिकिदै गर्दा पुन मतगणना गर्नु भनेर उच्च अदालत जुम्लाले अादेश दिएको छ । अादेश बमोजिम यहि मंसिर २९ गते पुन मतगणनाका लागि अाफुलाई बोलाएको प्रत्यासी उमेदार कार्कीले रेडियो प्रदेश अावाजलाई बताएका छन । तत्कालिन जिल्ला अदालतका न्यायधिस केसव प्रसाद पाण्डे अाफैले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी समालेको खाडाचक्रमा पुन मतगणना हुने भएको छ । पिलिमा तत्कालिन निर्वाचन मतपरिणाम अनुसार टोटल २९६ मत खसेकोमा बिजेता एमाले कांग्रेस का सयुक्त उमेदार रज ब मल्लले १४१ मत प्राप्त गरेका थिए भने पराजित नेकपा माअोबादी केन्द्रका वडा अध्यक्षका उमेदार दिपकराज कार्कीले १४० मत पाएका थिए । त्यस्तै राप्रपाका बिस्ना मल्लले ४ मत पाएका थिए भने ६ मत बदर भएको थियो यसरी हेर्दा खसेको मतमा ५ मत अपुग भए पछी मतगणनामा सडेयन्त्र भएको भन्दै पुन मतगणनाका लागि प्रत्यासी कार्कीले रिट हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !