माअोबादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन प्रदेश राजधानि स्थित सिटीहलमा सुरू भएको छ । शर्माले जनता तिर फर्केको नेता र कार्यदिशा जररूरी रहेको बताउनु भयो ।७ भौगोलिक र दुई गैर भौगीलक गरि नौ वटै प्रदेशको सम्मेलन माअोबादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि पुस्पकाल दाहाल प्रचण्डले लुम्बिनि प्रदेशबाट एक साथ उद्घघाटन गर्नु भयो । जुममार्फत सबै प्रदेशका सम्मेलन उद्घघाटन गर्दै सम्बोधन गर्नु भयो ।
प्रदेश सम्मेलन उद्घघाटनका क्रममा कर्णाली प्रदेशका पार्टी अध्यक्ष राजकुमार शर्मा, सुदुर पश्चिम प्रदेशबाट सरोजसिह भन्डारी लगाएत सबै प्रदेशका अध्यक्षहरूले शुभकामना मन्तब्य सहित प्रदेसको रिपोट सुनाएका थिए ।
रिपोट सुनाउदै कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्माले माअोबादी अान्दोलनको तुफानि केन्द्र भएको बताउनु भयो।उहाले जनयुद्व र सान्ति प्रक्रिया पछिका सबै अान्दोलनमा कर्णालिले अग्रणी भुमिका खेलेको स्मरण गराउदै कर्णालिले बिचार निर्माण र कार्ययोजनामा केन्द्रीय नेतित्वलाई सघाउने बताउनु भयो ।