रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट ८ फुकोटमा भालुको अाक्रमणमा एक जना गम्भीर घाईते

लामो समयको अन्तरालमा रास्कोट नगरपालिकाको वडा नंम्वर ८ फुकोटमा भालु देखा परेको छ । दुई बच्चासहित गाउमा देखिएको भालुले एक स्थानियलाई अाक्रमण गरेको छ । अाक्रमणबाट रास्कोट नगरपालिका ८ का बर्ष ५२ का सर्पानन्द बराल गम्भीर घाईते भएका छन । अाज बिहान नौ बजे तिर बराललाई अाक्रमण गरेको स्थानिय तोयनाथ न्यौपाने गौरबले बताएका छन । भालुको अाक्रमणमा परेका बराल बिहान फुकोट बयालडाडामा बन्न लागेको बिधुत गृहमा गिट्टी कुट्ने काम गर्न जान लागेका थिय । दुई बच्चा सहितको भालु देखा परे पछि स्थानिय त्रसित भएका छन । बच्चा सहित भालु अहिले पनि बस्ति नजिककैको पाखामा देखिरहेको हुनाले भालु जुनसुकै बेला पनि गाउपस्न सक्ने भएकाले स्थानियमा त्रास छाएको अर्का स्थानिय धन प्रसाद बराले बताउनु भयो । गाउँ नजिकै भएका कारण गाउलेले कोकोहाल हाले पछी भागेको र घाईते बराललाई तत्काल स्थानियले रास्कोटमा रहेको रास्कोट अस्पताल पुर्याएका थिय । उनको उपचार असम्भव भए पछी थप उपचारका लागी बराललाई सुर्खेत पठाईएको उपचारमा संलग्न डाक्टर भोजराज बमले बताउनु भयो । उनलाई रास्कोट नगरको एम्बुलेन्स मार्फत सुर्खेत लिन लागीएको एम्बुलेन्स चालक पंख फडेराले रेडियो प्रदेश अावाजलाई बताउनु भयो । घाईते सर्पानन्द बरालको अनुहारमा भालुले अाक्रमण गरि गम्भिर घाईते बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !