सुर्खेत, १७ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कालीकोटको पचालझरना–सुर्खेत सम्पर्क समिति गठन गरेको छ । सोमबार वीरेन्द्रनगरमा भएको प्रथम भेलाले हिक्मत शाहीको अध्यक्षतामा पचालझरना–सुर्खेत सम्पर्क समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सर्पराज शाही र कौशिला बस्नेत, सचिवमा पदम शाही, सह–सचिवमा जन्म बोगटी र कोषाध्यक्षमा चरित्रबहादुर शाही चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दिपराज खड्का, पुनम विक, दत्त विक, राजन कठायत, डिल्ली विक, दिपेन्द्र कुमाल, गोविन्द रोकाया, वीरेन्द्रप्रसाद सञ्जाल, परेक बुढा, नकेन्द्र ऐडी, नेक्कर बोहोरा, पवन शाही, दिपेन्द्र शाही र राने शाही छन् । माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा पचालझरना गाउँपालीकाका निवासी नेकपा माओबादी केन्द्रका कणाली प्रदेस कमीटी सदस्य अल्कीना बम पचालझरना गाउपालीकाका उपाध्यक्ष तथा पार्टी प्रदेश कमीटी सदस्य तारा न्यौपाने , नेकपा माओवादी केन्द्रका पचालझरना अध्यक्ष पौरख बिक पार्टी प्रदेश कमिटि सदस्य देबजंग शाही पुर्ब मुख्यमन्त्री महेन्द्र शाहीका सोकीय सचिव धर्मराज शाही शुमन लगाएत सुर्खेतमा रहेका पचालझरना बासिको सहभागिता रहेको थियो ।