नेकपा माओबादी केन्द्रको कर्णाली प्रदेस कमिटीको भ्रचुअल बैठक सुरू भएको छ । नेकपा माओबादी केन्द्रको कर्णाली प्रदेश कमिटी अध्यक्ष बिमला केषिको अध्यक्षयतामा भएको बैठकमा पार्टी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा कर्णाली प्रदेश ईन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जनार्धन शर्मा, प्रदेश सह ईन्चार्ज पुर्ब मुख्य मन्त्री महेन्द्र शाही लगाएत प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य सल्हाकार परीसदका सदस्य पालिका अध्यक्ष पदाधिकारी र जनबग्रिय संगठनका केन्द्रीय सदस्य सहभागी रहेको बैठकमा प्रदेशका दश जिल्लाका संयोजकहरूले जिल्लाको रिपोट पेस गरेका छन । बैठक आगामि चुनावको तयारी , रणनिति तयारी लगाएतका बिषयमा केन्द्रित भएको छ ।