माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सदरमुकामा बस्ने भए पछी यसको चर्चा निक्कै छ आजभोलि । बैठकमा जिल्ला समन्वय समिति गठन गर्ने र त्यसको गृहकार्य गर्ने भए पछी आकाक्षी आआफ्नो ईच्छा बाहिर ब्यक्त गर्न थालेका छन । जिल्ला समन्वय समितिमा बिधानतह सदस्यहरू १० % बाहेक अरू पालिकाकमिटीका पदाधिकारीहरूको समन्वय हो । अध्यक्ष कालिकोटबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने प्रदेस सदस्यहरू मध्यबाट छानिने भए पनि सचिवका बिषयमा त्यस बाहिर पनि आकाक्षी रहेका छन । अध्यक्षमा पचालझरना गाउपालिका अध्यक्ष खडक सेजुवाल, देखियका छन उनले बुधबार सञ्चार कर्मिसंगको एक छलफलमा आफुलाई जिम्मेवारी दिए नेतृत्व लिन सक्षम रहेको बताएका छन । उनले एक फरक प्रसंगमा उनले पार्टी बिधान नेताहरूले छाट्ने सिद्वान्त र आफ्नो बिगतको भुमिका क्षमता कुनैले पनि हिसावले अब आफू कम्जोर नरहेको दाबि गरेका छन । पार्टीमा जिम्मेवारी मनोनितका नाममा आफ्नो नाम चार पटक सम्म छलफलमा आउने अनि भित्रै गुपचुप राख्ने गरेकाले यो पटक अन्याय नगर्न आफुले नेताहरूलाइ सुझाई सकेको बताएका छन । उनले नेताहरूले भन्ने गरेको नेता हुन वडा जित्नु पर्छ भन्दै गरेको होस या निरन्तर जनताको बिचमा बसेर संगठन बनाएको र बिगत विद्यार्थी राजनिति देखि आफुले खेलेको भुमिकाले होस त्यस बिषयमा नेतृत्व जानकार भएकाले सबैको भावनाको केन्द्रित पनि आफुमा हुने बिश्वास लिएको बताएका छन । के कारण छ पटक पटक खडगराज सेजुवाल चर्चामा आउने घुमिफिरी डायरी र माईन्युटमा सिमित हुने त्यस प्रति दुख लागेको भन्दै उनले नेताहरू प्रतिआफुले देखाएको सद्भभावको रिण तिर्न नसकेको बताए । पार्टी बिभाजनमा आफू मोहनबैध्यको नेतृत्वमा लागेको र पार्टी पुन एकता हुदा जिल्ला संयोजक दुर्ग रावत सह संयोजक बिस्वप्रकास भनेर गरिएको सहमति रातारात उल्ट्याईयो सहेर बसियो अनि नेकपा बन्दा जिल्ला कार्यलय टिमको माईनट छिपाइयो सहेर बसे , प्रदेश निर्वाचन क्षेत्रिय कमिटी सम्म आफू पेलियको उनको तर्क छ ।अब आफूले विद्यार्थी संगठनमा सहयात्रा गरेका अहिले उच्च ओदामा छन संगठित गरेका विद्यार्थी नेता केन्द्रमा छन उनले भने उसो भए पार्टी नेतित्व र जिम्मेवारी पाउन भोटको प्रतिस्पर्दा , वडा गाउँ हारेको वा जितेको , गाउँ बसेको वा राजनितिक गरेको वा अन्तरघात गरेको यो पार्टीमा हामी बहस गर्ने हैसिएत राख्छौ उनले भनेका छन आफुले हाल सम्म पार्टीभित्र म हुन्छु भन्दा पनि मुल्याङन पार्टीले गर्छ भने भर पढेको उनले बताए ।
पभालझरना गाउपालिकाको अध्यक्ष र पार्टी प्रदेश कमिटीमा रहेका सेजुवाल कुसल अन्तरबिरोधको ब्यवस्थापक र डिसिजनकर्ता हुन उनले राजनितिमा निति, विधि र कार्यनिति र बिचारको तालमेल मिल्नु पर्ने भन्दै आफू गाउपालिका अध्यक्ष भययता पचालझरना मात्र एक अन्तरबिरोध कम भएको रअन्यपार्टिबाट माओवादीमा आउनेको लहर पचालझरनामा रहेको दाबि गरे उनले अब पार्टी नेतित्व बिकासमा पार्टी संगठनको अाधार, भुगोल जाति बर्ग क्षेत्र र लिङभेक र क्षमताको सन्तुलन मिल्ने गरि दिनु पर्ने बताए । बैठकले दुई निर्वाचन क्षेत्रिय संयोजक सचिव र जिल्ला समन्वय समितिलाई पुर्णता दिने बुझिएको छ । जिल्ला समन्वयको संयोजकको लभिङमा अहिले अन्यनेताहरू पनि रहेका छन । त्यश अघि रास्कोट ईन्चार्ज र प्रदेस निर्वाचन क्षेत्रिय कमिटीको संयोजक जिम्मेवारीमा रहेका जगत शाही पनि आकाक्षि देखिएका छन । बैठक अबिरल बर्साले प्रभाबित हुने सम्भावना समेत रहेको एक नेताले बताएका छन ।