कालिकोट, असार २४ — हिल्सा–जमुना कर्णाली करिडोर अन्तर्गत कालिकोट खण्डको पलाता र पचालझरना गाउँपालिकाको सीमा क्षेत्र घाटाचौरमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पचालझरना गाउँपालिका–६ मा पर्ने उक्त क्षेत्रमा ठूलो पहिरो खसेपछि कर्णाली करिडोरमा यातायात सेवा ठप्प भएको छ। सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन र यात्रु अलपत्र परेका छन्।
स्थानीय मानबहादुर भण्डारीका अनुसार रातिको समयमा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गर्ने पहल गर्न र तत्काल यातायात सञ्चालन गर्न यात्रूले माग गरेका छन ।
कर्णाली करिडोर अवरुद्ध भएपछि हुम्ला, बाजुरा तथा कालिकोट आवतजावत गर्ने यात्रुहरू समस्यामा परेका छन्। सम्बन्धित निकायसंग परिचालन गरेर पहिरो हटाउने कार्य अघि बढाइने जनाएको छ।
स्थानीय प्रशासनले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन सन्मन्वय भईरहेको बताएको छ।










