रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

खाडाचक्रलाई कुपोषण मुक्त बनाईने

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकालाई बृहत् पोषण विशेष कार्यक्रम मार्फत कुपोषणमुक्त बनाईने नगर प्रमुख जसि प्रसाद पाण्डले बताउनु भयो । बृहत्तर पोषण विशेष कार्यक्रम मार्फत नगरलाई कुपोषण मुक्त बनाउन सहयोग पुग्ने प्रमुख पाण्डेको बनाई रहेको छ । खाडाचक्र नगरका ११ वटै वडाका स्वास्थ्य ईकाईमा कार्यरत स्वास्थ्यकर्मिहरूको लागि पालिका स्थरिय प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम समापन गर्दै मेयर पाण्डेले यस्तो बताउनु भएको छ । सात दिने तालिम समापनका क्रममा बोल्दै नगर प्रमुख पाण्डेले नगरमा बिद्यालय नर्स वडावडामा स्वास्थ्य ईकाई गर्भवति आमा र सुत्केरी आमा बच्चा सुधार कार्यक्रम सुरू गरेर नगर सरकारले स्वास्थ्य क्षेत्रमा लगानि गरे पनि यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकेको बताउनु भयो । जिल्लामा स्वास्थ्य साखा सम्मानित भए पनि केही सुचकमा नगर पछाडी परेकोले ती सबै अपुग्दा हटाउनु पर्ने बताउनु भयो। अघिल्लो महिनाको २९ गते देखि संन्चालित तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । छ गते सम्म , समापनमा मेयर जसि प्रसाद पाण्डे ,जिल्ला जनस्वास्थ्य कार्यलयका निमित्त जनस्वास्थ्य अधिकृत कटक महत खाडाचक्र नगरका स्वास्थ्य साखा प्रमुख रबिन्द्र सेजुवालले कार्यक्रमको बारे जानकारी दिदै गत बर्ष देखि साबिक कर्णालिका ५ जिल्लामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट ब्यवस्थापन गरेर कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।कार्यक्रमका सहजकर्ता रूपाभन्डारीले बृहत् पोषण कार्यक्रम पोषण हटाउने सबै बिधि मिलाएर निर्माण गरेको हुनाले यसको बिकासले समाज बिकास हुने र यसको खाडाचक्र नगरलाई कुपोषण मुक्त नगर बनाउन सहयोग पुर्याउने बताउनु भयो । २७ दिन को कार्यक्रमलाई ७ दिन मा कोर्ष परिणत गरेर कोर्स पूरा गरेको बताउनु भयो ।प्रशिक्षक प्रशिक्षण सहजकर्ता कोष बनाएर तालिम प्रदान गरेको बताउनु भयो ।
खानका सात समूह, हरेक बार खाना चार मानवको मानव मस्तिष्क देखि हरेक शारीरीक बनावट निर्धारण पोषणले गर्ने बताउनु भयो । अब पोषण अबस्थाको अनुगमन हरेक क्षेत्रको सवाल बनाईने र हरेक निकायको भुमिका निस्चित गरिने बताउनु भयो ।
कालिकोट जिल्ला निमित्त जनस्वास्वास्थ्य अधिकृत कटक महतले कालिकोटमा कुपोषणको अबस्था बिकराल रहेकाले यसको सुधार गर्नु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !