रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

माओवादी केन्द्र निकट प्रत्रकारहरूसंग नब निर्वाचित कालिकोट पार्टी अध्यक्ष चौलागाईको भेटघाट

माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको कालिकोट जिल्लाको मासिक बैठक सदरमुकाममा सम्पन्न भएको छ । संगठनका कालिकोट अध्यक्ष बिरेन्द्र आचार्यको अध्यक्षयतामा र माओवादी केन्द्र कालिकोटका अध्यक्ष लक्ष्मि चौलागाई , प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देबिराम देबकोटा, केन्द्रीय सदस्य रत्न कार्की र वाईसिएल नेपालका कर्णाली प्रदेस संयोजक गणेश शाहीको उपस्थितिमा बैठक बसेको हो । बैठकले सात सदस्यीय सचिवालय , सल्लाकार समिति गठन गरेको छ । पार्टी केन्द्रीय   लेखा आयोगका सदस्य चता रास्कोट नगरका प्रमुख कासिचन्द्र बरालको संयोजकत्वमा पार्टी जिल्ला अध्यक्ष लक्ष्मि चौलागाई सैलेन्द्र लगाएत नेताहरूको सहभागितामा कमिटी गठन भएको छ ।संगठनले सृष्टि न्यौपाने र यसोधा बिकलाई मनोनित गरेको संगठनले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष चौलागाईले प्रेस संगठन र पार्टीको नङमासुको सम्बन्ध हुन जरूरी रहेको बताएका छन । पत्रकार महासंघका प्रदेस अध्यक्ष समेत रहेका देबकोटाले पत्रकारीता रहरले नभै दक्ष्यताले गर्नु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !