रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

तिलागुफा नगरपालिका वडा नं ६ गोठिभिरमा पहिरो जादा कर्णालि राजमार्ग अबरूद्व

कालिकोट / सुर्खेत जुम्ला कर्णालि राजमार्गको कालिकोट सडक खण्ड अन्तरगत तिलागुफा नगरपालिका ६ गाल्जे स्थित गोठिभिरमा पहिरोजादा सडक भत्किए पछी कर्णालि राजमार्ग अबरूद्व भएको छ ।
कालिकोट प्रहरीले दिएको जानकारी अनुसार मिति २०८२।३।२० गते बिहान ९ बजे सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत कालिकोट तिलागुफा नगरपालिका वडा नं ६ गोठिभिर स्थितमा सडक भत्किन गई ठूला सवारी आवागमन हुन नसक्ने अवस्था भएको जानकारी गराए को छ ।
केही दिनयता भइरहेको अबिरल वर्षाका कारण पहिरो खस्ने बाडी आउने सम्भावना रहेकाले राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन समेत कालिकोट प्रहरीले सुचना मार्फत अनुरोध गरेको छ ।
केही दिन अघि कालिकोट प्रहरीको सहयोगमा सडकमा खसेको पर्खाल निर्माण गरि सवारीआवागमन खुलाएको थियो । सही ठाउमा पुन तिला नदिले पर्खाल बगाए पछि सडक अबरूद्व भएको छ ।
सडक खुलााउने बिषयमा सडक डिभिजनसंग समन्वय भईरहेको कालिकोट प्रहरी प्रमुुख टेक रावतले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !