कालिकोटको पलातामा गउपालिकामा जिवले किच्दा एक जनाको मृत्यु भएको छ । कर्णाली करीडोरबाट नदिमा अस्थाई तेलको ड्रमबबाट बनेको तुइनमा नदितराई पलाता गाउपालीकाको थिर्पुमा रहेको बाग्रेबजारमा रोकि राखेको जीव अचानक अर्को ब्यक्तिले चलाउदा एक जनाको जिवको ठक्करबाट मृत्यु हुनुका साथै सात जना घाईते भएका छन । मृत्यु हुनेमा पलाता १ निबासि परीलाल भन्डारी रहेका छन ।जिपको ठक्करबाट पलाता १ निवासी पल ब भन्डारीको मृत्यु भएको छ । जिपले ठक्कर दिदा पलाता वडा नंम्बर ९ का अध्यक्ष टक्क बम कार्यपालिका सदस्य बाँचे बिक , स्थानिय कल ब भन्डारि , रत्न बिक , मनिजन शाहि , पार्बति बिक , मनराज परिवार ,दर्ज दमाई रमित बिक घाइते भएका छन । गम्भीर घाईते वडा अध्यक्ष टक्क ब बम सहित तिनजनालाई हेलिक्पटरबाट थपउपचारका लागि सुर्खेत पठाईएको छ । से १ ज ६९० नम्मरको बलेरो जिप चालकले रोकेर बाहिर निस्केको बेला गैर चालकले चलाउदा अनियन्त्रित गुडेको हो । स्थानिय धनमान सिहले गाडि चलाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको पलाता अध्यक्ष लक्ष्मण बमले बताउनु भयो । गाडिले किच्दा भन्डारीको मृत्यु हुनुका साथै सात जनालाई ठक्कर दिएको हो । घटना पछी गाडि मालिक , चालक र घटना घटाउने गैर चालक तिनै जना थिर्पु प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।