रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

फेक योजनामा २५ लाख बिनियोजन

   यो कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ७ को फेक बर्षै पिच्छे फरक फरक नाम दिएको एक प्रदेस सरकारको योजना हो । यो स्थान रास्कोट नगरपालिका वडा नम्मर ७ उपरगाउको बयालपाटाको ढीकमा गत बर्ष बिना योजना खनिएको एकीकृत नमुना बस्ति निर्माण नाम दिएको योजना हो । अहिले पुन प्रदेस निर्वाचन क्षेत्रको निर्वाभन क्षेत्र भौतिक पुर्वाधार कार्यक्रमबाट २५ लाख बिनियोजन भएर आएको देखिन्छ तर योजनाको नाम खेलमैदान राखिएको छ । यो ठाउमा भौगोलिक अबस्था हेर्दा न एकीकृत नमुना बस्ति हुन सक्छ नत खेलमैदानै । यसको तल ठाडो भिरालो जंग्गा भिर छ भने दलदले माटो पहिरोको उच्च जोखिममा छ त्यो ठाउँ त्यसको ठिक ढिकमा डोजरले बिना योजना वडानम्मर ७ कै पुच्छेगाउमा बन्न लागेको नमुना बस्ति कटौति गरेर सोही वडाका सोजासाजा दलितलाई आखामा छारो हाल्न झुट्टा आस्वासन दिएर फिल्ड कटाईयो तरअहिले एकीकृत नमुना बस्ति पुच्छेगाउमै बनाउन बजेट बिनियोजन भए पछि पुन खेलमैदान निर्माण भन्दै गत बर्ष बिना बजेट उदारोमा कुत्सितमनसाका साथ खनियको फिल्डको भुक्तानि गर्न रास्कोट प्राबिधिक साखालाई सत्ताशिन पार्टीका कार्यकर्ताले दवाव गरिरहेको नाम नबताउने सर्तमा एक प्राबिधिकले बताएका छन । गत बर्ष न स्टामेट छ न बजेट किन खनियो के काम हो था छैन तर अहिले बजेट हालेर बिल उठाउन कुनै हालतमा नसकिने प्राबिधिकहरू बताउछन । बयालपाटा खेलमैदान नाम दिएको योजनामा २५ लाख बिनियोजन भएको देखिन्छ । गत बर्ष पुच्छेगाउमा बन्ने एकीकृत नमुना बस्तिको बजेट वडा अध्यक्ष र नगर पर्मुख कासिचन्द बराललाई दोस दिदै त्यहा कार्न्वयन गर्न नमानेको भनेर तत्कालिन महेन्द्र शाहिलाई दुरूपयोग गर्न खोज्ने उनी निकटका केही कार्यकर्ताले नगर कार्यकारी जवानसिह बमलाई बजेट भुक्तानि गर्न ठूलो दवावमा परेका थियो तर असार अन्तिममा रकम शीर्षक सुधार गरेर बिल बनाउन स्वयम् महेन्द्र शाही नै तयार नभए पछी कार्यकारी जवानसिह बम टाउको दुखाईबाट बचेका थिए । अहिले पुन त्यहि प्रक्रिया नमिल्ने योजनामा कसरी पुरानो काम नया बिल बनाएर न १८ नम्मर भरिएको छ कसरी दिने पुन टाउको दुखाई भएको जवानसिह बमले बताएका छन । त्यहा न उपभोक्ता समिति छ न त्यहा ठेक्का छ कसरी कार्यन्वयन हुन्छ यो हुन नसक्ने भन्दै त्यहा बिपक्षि पार्टीका नेता कार्यकर्ताले पनि बिरोध गर्न थालेका छन । माओवादि पार्टी भित्रै पनि चर्को आलोचना हुन थालेको छ । न त्यो जंग्गा नै सरकारी बनेको छ । ब्यक्तिको नाममा रहेको जंग्गामा अनियमित बजेट बिनियोजन गरेर यसरी गलत मनसायले संन्चालित योजनाको कार्यन्वयन भएर भुक्तानि भए आगामि निर्वाचनमा बिपक्षिले मुख्यमुद्वाका रूपमा उठाउने भएका छन । यो योजनामा गत बर्ष
रास्कोट रंगसाला पनि एक उदाहरण
हुनत बिकास आबश्यक्ता भन्दा पनि कमिसन र कार्यकर्ता पोष्ने कुनियतले योजना बन्ने र कार्यन्वयनमा लुछाचुडी बन्ने भएकाले बयालपाटा जस्तो नभै योजना बद्व प्रदेस सरकारको रातो कितावमै परेको योजना अहिले अलपत्र छ । दुई ,तीन आर्थिक वर्षमा करोडौ रकम खर्चेको रास्कोट १ छबिसेमा बन्ने भनिएको रास्कोट रंगसाला ,भोगोलिक कठिनाई दलदलेसिम ,बस्तिएकान्त अनि बहुउपयोगि नहुने ठाउमा बजेट बिनियोजन गर्न नहुने र रंगसाला नगरको अर्को कुनै उत्तम ठाउमा बनाउनु पर्ने सुझाव दिदा पनि नमानेर जबरजस्ति कार्यन्वयन गर्न खोजिएको रंगसाला बजेट बालुवामा पानी ( स्वा भएर गयो । अब त्यस्तै हुने छ बयालपाटा खेलमैदान । यदी सबै चोचोपाचो मिलाएर बजेट कार्यन्वयन गरे पनि यसरी बाहिर आएको बजेट कार्यन्वयन गर्न निकै कठिन हुने छ भए पनि यसको कारिन्दा रास्कोट नगर ,वडा र प्राबिधिक साखाले निरन्तर झमेला सहनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !