रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटका सुरक्षा प्रमुखसंग पुर्व मुख्यमन्त्री शाही

जनयुद्वको बार्षिक उत्सब अन्तरगत सहितसप्ताहको अबसरमा जिल्लाभर जनयुद्वकालिन सहीत बेपत्ता परीवारहरूलाई भेटघाट र सम्मान गर्ने कार्यक्रममा ब्यस्त रहेका कर्णाली प्रदेसका पुर्व मुख्यमन्त्री महेन्द्र शाहीले आइतबार बिहान कालिकोटका सुरक्षा प्रमुखहरू संग भेटघाट गरेर जिल्लाको सान्तिसुरक्षा अमनचयन कायम गर्न निर्देशन गर्नु भयो । स्थानिय तहको निर्वाचन नजिकिएसंगै स्थानियतहमा केन्द्रित भएका राजनितिकदलका गतिबिधि र कार्यक्रमले राजनितिक मुडभेट हुन सक्ने र मदिरा बिक्रिबितरणले गाउको सान्ति सुरक्षा काबुभन्दा बाहिर जानसक्ने भएकाले ध्यान दिन निर्देशन गर्नु भयो ।प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा ,निमित्त प्रहरी प्रमुख महेशबिक्रम शाही, कर्णालि प्रदेस खेलकुद बिकास समितिका सदस्य सचिव बिस्वामित्र सन्ज्याल , रास्कोट नगरका प्रमुख एवं माओवादी केन्द्र केन्द्रीय लेखाआयोगका सदस्य कासिचन्द्र बराल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लक्ष्मि चौलागाई सैलेन्द्र , र प्रदेस सचिव धनजित शाहीका बिचमा छलफल भएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी शर्माले पुर्वमुख्यमन्त्री शाहीसंग जिल्लाको समसामुहीक बिषयमा जानकारी दिदै जिल्लाभर स्थानिय तहमा निमित्त कार्यकारीको भरमा कामकाज चलिरहेको बताईएको बताउनु भयो । अधिकांस स्तानिय तहले समयमा संघिय सरकारसंग कार्यकारी नमागेका कारण समस्या भएको र कर्मचारीले कर्णालिमा आउन नमान्ने गरेको रास्कोट नगरका प्रमुख कासिचन्द बरालले बताउनु भयो ।मुख्यमन्त्री शाहीले निर्वाचनको तयारीमा जुट्न निर्देशन गर्नु भयो ।दलिय सहमति भए निर्वाचन एकै पटक हुन सक्ने छ भन्दै नेता शाहीले बैसाखमै हुने सोचका साथ तयारीमा जुट्न निर्देशन गर्नु भयो । सुरक्षा निकायका प्रमुखहरूले मदिरा बिकृति, गाउमा व्यापक देखियो यसको न्युनिकरण गर्नु प्रयो प्रहरी आफै मदिरा सेवन गरेर बसेको देखिन्छ यस्तालाई बिभागिय कार्वाही गर्न पनि सुझाउनु भयो ।
छलफलमा कर्णाली करिडोर निर्माण कार्यदलले जनतालाई सास्थि दिईरहेको बिषयमा आफू माथिल्लो तहमा छलफल गर्ने र जिल्ला सुरक्षा समितिको बैठक मार्फत पहल चाल्न निर्देशन दिनु भयो । सिमिकोट हिल्सा खुलालु कर्णाली करिडोर निर्माणका लागि नरहरीनाथको १ लालिघाटमा रहेको सैनिक ब्यारेकमा रहेको सेनाले विभिन्न बहानामा बिगत देखि नागरीक र त्यस क्षेत्रका यातायात ब्यवसायीले सास्ति बेहोर्नु परेको बताउनु भयो ।निर्माण कार्यदलको अस्थाई ब्यारेक रहेको छ । सोही ब्यारेकको बिच भाग भएर नरहरीनाथ गाउपालिका केन्द्र कुमालगाउसम्म सडक सन्चालनमा रहेको र उक्त सडक सैनिक ब्यारेक घेरबारभन्दा बाहिर निर्वात सन्चालन हुने ब्यवस्था मिलाउन निर्देशन गर्नु भयो । सोही ब्यारेकको बिचभागबाट नरहरीनाथको केन्द्र कुमालगाउ सम्म सडक जान्छ तर घेरबार गरिएको ब्यारेकमा कडा चेकजाच हुदोरहेछ बिरामि बोकेर ल्याएका गाडी र मोटरसाइकलमा आएका यात्रुहरूले ब्यारेक बाहिर झरेर ५ सय मिटर खोलामा हिडेर तल आउने ड्रराईभरले गाडिभित्रबाट ल्याउन दिने गरेको रहेछ अहिले सेनालाई कुनै प्रकारको सुरक्षा थ्रेट नरहेकाले निर्वात सुचारू गर्ने ब्यवस्था मिलाउन अनुरोध गर्नु भयो । बेलाबगत स्थानियसंग झडप पर्ने ब्यारेकको पुर्ब र दक्षिण साईडमा चेकिङ हुदोरहेछ यसमा बाटो बाहिर या बाटोमा रातदिन सन्चालन हुने वातावरण मिलाउन पहल गर्नेप्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । वहोर दोहोर गर्दा भिआइपि देखि बिरामि बोकेका सानागाडी रोकेर बिरामि समेत झारेर भिरालो बाटोबाट तल खोल्सामा झारेर गाडि आर्मि ब्यारेक हुँदै प्रस्थान गर्ने गरेको गुनासो रहेको र सामाधान हुने बताएका छन । बाटो चाडो निर्माण गरेका कारण नेपाल आर्मिदेखि नागरिक खुसि भए पनि त्यहा आर्मि बसे देखि नागरिक संग सवारीसाधान चलाउने , नदिमा फेरि सन्चालनका कुरामा बिवादले नागरिकहरू चिडिन थालेका छन । प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा र निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक महेशबिक्रम शाही संग छलफलगर्दै पुर्व मुख्यमन्त्री शाहीले गाउगाउमा मदिरा नियन्त्रणको अभियान सन्लन गर्न निर्देशन गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !