बैसाख ३० को निर्वाचन घोषणा भए संगै स्थानिय तहमा दलहरू आन्तरीक र बाह्रिय राजनितिक तयारीमा जुटेका छन । अहिले गाउगाउमा राजनितिदलहरू राजनितिक सभासम्मेलन भेला र बैठक प्रशिक्षणमा ब्यस्त रहेका छन ।नेकपा माओवादी केन्द्र रास्कोट नगरपालिकाले राजनितिक अभियानलाई तिब्र पारेको छ । रास्कोट नगर कमिटीका पार्टी अध्यक्ष धर्मराज शाही पोषणको अध्यक्षयतामा र पार्टी प्रदेश कमिटी सदस्य जगत शाही प्रमुख अतिथ्यतामा बैठक बसेको हो । नगरमा रहेका पार्टी प्रदेश कमिटीका सदस्य तथा रास्कोट नगरका ईन्चार्ज बिष्णु बराल बिजय , प्रदेस कमिटी सदस्य तथा रास्कोट नगरका उपप्रमुख मिमसरा बम ( शाही ) हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष तथा माओवादी केन्द्रका नेता काली बहादुर महतारा ,प्रेस सेन्टरका केन्द्रीय सदस्य रत्न बहादुर कार्की जिल्ला समन्वय समिति सदस्यहरू र नगरसचिवालयमा रहेका नेता र पार्टी वडा अध्यक्षहरू सहभागीबैठकमा छलफल भएको हो । छलफलमा हरेक वडाका अध्यक्षहरूले रिपोटीङ राखेका थिए । रिपोट पछी पार्टी प्रदेश कमिटीका सदस्यहरू जगत बहादुर शाही ,बिष्णु बराल मिमसरा बम काली बहादुर महतारा रत्न कार्की नगर कमिटीका उपाध्यक्ष पदम खड्का ( सुभास उपाध्यक्ष हजा सुनार लगाएतले बैठकमा प्रशिक्षण गरेका छन । बैठकले आगामी निर्वाचनको तयारीमा जुट्ने एकसुत्रिय निर्णय पास गर्दै सम्पन्न भएको छ । बैठकमा आगामि चुनाव ब्यक्ति नभएर पार्टी र बर्गलाई धुरीमा राखेर तयारीमा जुट्न निर्देशन गर्दै बैठकका अध्यक्ष धर्मराज शाही पोषणले बैठक सम्पन्न गर्नु भएको हो ।