माओवादी केन्द्रका अध्यक्ष माओवादी जनयुद्वका उपलब्धि कोल्याप्स गरेर प्रतिगमन तिर धकेल्न खोजीए पछी पटक पटक पार्टीले बिद्रोह गरेर देशलाई शही दिसामा लिएर गएको बताए । जनयुद्वका दिन भन्दा कठिन युद्व पछिल्लो १० बर्षको सान्तिप्रक्रियामा आफुले महसुस गर्नुपरेको अध्यक्ष प्रचण्डले बताए ।प्रत्यक्ष २३ सिट जितेको कांग्रेस लाई साथ लिएर ३३ सिट जितेको माओवादीले समर्थन गरेर वलि प्रबृति ध्वस्त गरेको र रास्ट्रलाई दुर्घटनाबाट जोगाएको बताएका छन । कहिले राजा ,कहिले राणा कहिले वलि प्रबृतिबिरूद्व संघर्स गर्दै पार्टी यहासम्म आएको बताएका छन ।महाधिवेसन पछी पार्टीभित्र पैसा, पद, गुट र आत्मकेन्द्रित ब्यक्तिवाद बिरूद्व भित्र र बाहिर प्रतिगमन बिरूद्व युद्व जितेको महसुस भएको बताए । २१ ओै सताब्दीमा नया बिचार सहीत एक हुने संकल्प गरेर अगाडि बढ्ने केन्द्रीय समितिको निर्णय अनुसार अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन गरेका प्रचण्डले कुटनितिक मुमेन्ट गर्न नसक्दा कटुवाल प्रकरण घटेको र ६४ मा रास्ट्रपति निर्वाचनमा गरिजा संग तालमेल गर्न नसक्नु जस्तै हुने अबस्था थियो त्यसवाट पार्टीलाई जोगाईएको प्रचण्डको भनाई थियो । त्यो बेला तीन महिनापछी सोतह अबकास भैहाल्ने रूकमांगत कटुवाललाई कार्वाही गर्न बाबुराम र बादलले उस्काएको र देश भन्दा पार्टी र नेताको साथ प्रमुख मानेका कारण दुर्घटना परेझै अहिले कसैको सुझाब भन्दा सो बिबेकले पार्टीलाई दिशा प्रदान गरेको बताए
एमाले महाधिवेसनमा बिचारको बहस हुदैन नेतृत्व हत्याउने बुर्जुवा खेल मात्रै देखिन्छ । माओवादी केन्द्र त्यो पार्टी हो महाधिवेसनका एजेण्डा वडासम्म छलफल गरेर टुंग्याएको छ । समाजवादी क्रान्तिका लागि नेपाली बाटो शिर्सकको राजनितिक दस्ताबेज पास भएको भन्दै माओवादी नेतृत्वबाट मात्र नेपालमा बैचारीक राजनितिक क्रान्ति सफल हुने प्रचण्डले बताए ।
बर्तमान आर्थिक राजनितिक सास्कृति ,र जलबायु परिवर्तन र राष्टीय पुजिवादको एकाधिकारको सामाधान गर्ने दस्ताबेज जारी भएको बताए ।
एमसिसी बारे बोल्दै प्रचण्डले सन २००१ मा अमेरीकि टुईनटावरमा हमाला भए पछी त्यसबाट पाठ सिक्दै अमेरीकाले बिस्वका देशमा आफ्नो सुरक्षा रणनिति कायम गर्न परियोजना कल्पना गर्यो र त्यो शैन्य रणनिति अनुसार बनेकै परीयोजना हो । यसको प्रभाव नेपालमा २०११ मा त्तकालिन आफ्नै नेता बाबुराम नेतृत्वको सरकार हुदा सैद्वान्तिक सहमति भयो । कांग्रेसको नेतृत्वको सरकार हुदा अगाडि बढ्यो ।२०१७ मा आफ्नै साजेदार कांग्रेस नेतृत्वको सरकारले पुन कार्यन्वयन सम्झौतामा हस्ताक्षर भयो ।त्यो बेला सम्म बिवाद थिएन ।२०१९ मा जब नेकपा बन्यो प्रधामन्त्री वलि र अर्थमन्त्रि युवराज हुदा अर्को सम्झौता भयो त्यस अघि आर्थिक सहायताका रूपमा मात्रै लिने भन्ने थियो तर सम्झौतामा कार्न्वयन गर्न संसदमा लिने र पास गर्ने भन्ने भए छ त्यो आफुलाइ सिद्व था थिएन त्यो गलत भयो । त्यतिबेलै सम्झौता त आईपिएसको अंग हुनेछ भन्ने लेखेर सम्झौता हुन खोज्दैछ भन्ने सुनियो । थप प्रदिव ज्ञावलि लाई त आईपिएसको बोर्डम्याम्बर हुने भन्ने थियो रे तर स्थाई कमिटीमा कुरा उठे पछी था भयो ज्ञावलिले होईन भने ।तर पछी अमेरीकाले नेपाल र श्रीलंका आइपिएसका नया सदस्य थपीए भनेर स्वयम् अमेरीका बोल्यो त्यस पछि बल्ल थाहा भयो । नेकपाको केन्द्रीय अध्यक्ष हुदा आफ्नो अध्यक्षयतामा बसेको बैठकमा कुरा उठे पछि झलनाथ खनालको नेतृत्वमा प्रदिव ज्ञावलि समेत राखेर समिति बन्यो तर कार्यदलले यथास्थितिमा पास नगर्ने भने पछी आबश्यक परिमार्जन तिर लागियो त्यो राष्ट्रिय महाधिवेसनको पारीत एजेण्डा हो प्रचण्डले भनेका छन । तर देउवा नेतृत्वको गठबन्धनमा एमसिसी कुनै सर्थ थिएन । चुनाव पछी गर्छौ भनेर टारीयो तर मानिएन । हामी संग सल्हा नगरेर संसद सचिवालयमा वलि नेतृत्वको सरकारले नै दर्ता गराएको थियो ।
माओवादीलाई जंगल धपाउने उपलब्धि हाम्रो हातवाट खोसेर सत्ता गठबन्धन भत्काउने खेलमा राष्ट्रिय राजनिति पुग्नेभए पछी ब्ख्यात्मक घोषणाबाट देशलाई जोगाएको हो । देस दुर्घटनाबाट बचेको छ प्रचण्डले भनेका छन । यसबाट पार्टी दुर्घटना हुने रास्ट्रदुर्घटना पर्ने खतराबाट बचाईयो ।
स्थानिय तह चुनावबारे प्रशिक्षण गर्दै प्रचण्डले
गठबन्धनको खुट्टमा टिक्ने र चुनाव लड्ने हैन गठबन्धन सम्भावना हो चुनाव आफ्नै खुट्टीमा लड्ने केन्द्रीय समितिको निस्कर्ष हो प्रचण्डले भनेका छन । कमाण्ड सिस्टममा चुनाव गराउने ,आईटी टिम , प्रचार टिम , लडाकुदल बुथकेन्द्र टीम सास्कृति टिम सम्म संगठन बनाउने जनतालाई गोलबन्द गराउने र जनपरीचालन गराउने पार्टीको एजेण्डा रहेको बताए ।