कालिकोट जिल्ला खाडाचक्र नगरपालिका ११ का ४२ बर्षीया अमराज शाहीको गोलि लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उनको भरूवाबन्दुकको गोलि लागेर मृत्यु भएको प्रहरीले बताएको हो । बदालकोट जिम्मेडीको लेखमा प्रने मखरा भन्ने स्थानमा उनलाई भरूवा बन्दुकको गोलि लागेर घाईते भए पछी स्थानियले ऊद्वार गरि उपचारका लागि सदरमुकाम ल्याउनेक्रममा बाटोमा मृत्यु भएको प्रहीले बताएको छ ।स्थानियले अस्पताल ल्याउदै गर्दा जिल्लाबाट खटिएको प्रहरीले रेगिलमा भेटाएको थियो ।उनको मृत्यु पनि त्यही स्थानमा भएको बताईएको छ । मृत्यु पछि उनको मृत् शरीर जिल्ला अस्पतालमा राखेर बाकि घटनाको अनुसन्धानमा लागेको प्रहरी निरीक्षक महेश बिक्रम शाहिले बताउनु भयो । उहाका अनुसार भरूवा बन्दुकको गोलि कसरी लाग्यो आफैले बोकेका थिए की , कोही अरूको हो या उनको साथमा कोहि थियो थिएन भन्ने कुरा बिस्तृत अनुसन्धान पछि मात्र भन्न सकिने निरीक्षक शाहिले बताउनु भयो । मृतक शाहीको कम्मरको बायाभागमा गोलि लागेको अबस्था छ ।