माओवादी निकट युवाहरूको संगठन वाईसिएल नेपालले रास्कोटमा शक्ति प्रदशन गरेको छ । वाईसिएल नेपाल रास्कोट नगरकमिटीको भेला उद्घघाटन गर्नु अगी वाईसिएल नेपाल रास्कोटका युवाहरूले मोटसाईकल र्यालि गरेका थिए । मोटरसाईकल र्यालि पछि नगरको मुख्यालय आरसिपिबजारमा भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य तथा रास्कोट नगरका प्रमुख कासिचन्द बरालले युवाहरू बिना समाज परिवर्तन गर्न असम्भव रहेको भन्दै युवाहरू संग उत्पादनशिल शक्ति हुनु पर्ने बताउनु भयो । कार्यक्रममा पार्टी कर्णाली प्रदेस कमिटीका सदस्य जगत शाही सिखर, बिष्णु बिक बिजय , मिमसरा बम शाही र काली बहादुर महताराले आफ्नो भनाई राखेका छन । कार्यक्रममा पार्टी रास्कोट नगरकमिटीका अध्यक्ष धर्मराज शाही ,वाईसिएलका जिल्ला अध्यक्ष हस्त बहादुर शाही लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।यता कालिकोट सदरमुकाममा राजनितिक प्रशिक्षण सदरमुकाम मान्ममा सम्पन्न भएको छ । उता रास्कोटका भेला सम्पन्न गरेको वाईसिएलले खाडाचक्रमा प्रशिक्षण सम्पन्न गरेको हो ।वाइसिएल खाडाचक्रका अध्यक्ष खगेन्द्र शाहीको अध्यक्षयतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र कालिकोटका अध्यक्ष लक्ष्मि चौलागाई सैलेन्द्र ,प्रदेश कमिटी सदस्य गंगाखड्का , ऐन बहादुर शाही लगाएतले सम्बोधन गर्दै वाईसिएल जनयुद्वमा मृत्युबरणको लडाई लडेका जनमुक्तिसेनाको संगठन भएकाले पार्टीको मुख्यभातृ संगठन भएको बताएका छन ।प्रदेश कमिटी सदस्य खड्काले कांग्रेसले पचास बर्षमा गरेको बिकास माओवादीले पाच बर्षमा गरेको भन्दै अन्यशक्तिमा छटफटाहाट सुरू भएको बताउनु भयो ।प्रदेश कमिटी सदस्य महेन्द्र शाहीले भर्म छरेर सफल हुन खोज्नु पुजिपतिको चरित्र भएकाले भ्रममुक्त गर्ने काम युवाहरूको भएको बताउनु भयो ।त्यो युवाशक्तिको हातमा सक्ति रहेको बताउनु भयो । कार्यक्रममा प्रेस,सेन्टरका केन्द्रीय सदस्य रत्न कार्किले पार्टी जिवनमा युवाशक्ति जिउदो शक्ति भएकाले पार्टीलाई बिजयमा पुर्याउने काममा युवाहरू लाग्नु पर्ने बताउनु भयो ।