पाच बर्ष पहिले एमालेवाट माओवादी केन्द्रमा प्रबेस गरेका पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्य एमालेका फर्किने भएका छन ।
माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका कर्णाली विकास आयोगका सदस्य समेत रहेका आचार्यले रेडियो प्रदेश आवाज संगको कुराकानिमा आफेै अहिले नै केही नबोल्ने भनेर चाहे पनि आफु आफ्नो जन्मघरतर्फ लागेको बताउनु भयो ।
उहाले म एमालेवाट माओवादीमा गए तर त्यहा आफुलाई कुनै अवसर दिदा सौतेनि ब्यहार गरेको आचार्यले बताउनु भयो । यही चैत १७ गते कालिकोटमा आयोजना हुने बृहत् कार्यक्रममा उहा एमाले प्रवेश गर्ने तयारी रहेको एमाले श्रोतको दाबि छ । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा उहाँ एमालेमा फर्किने बताइएको छ । संघर्ष गरेर जनताको सेवा गर्ने प्रयासरत रहेको उल्लेख गर्दै आचार्यले नेकपाकै अंशका रूपमा लिएर पार्टी प्रवेश गर्न लागेको बताउनु भयो ।एमालेवाट नेकपा माओवादी केन्द्रमा प्रबेस गरेका आचार्यले माओवादीमा लागेर जिल्ला समन्वय समितिको कानुन सल्हाकार हुँदै पछिल्लो समय कर्णालिका मुख्यमन्त्री महेन्द्र शाहीको प्रमुख सोकिय सचिव भएका थिए ।