टिकाराज उपाध्याय ~कालिकाेट स्थानिय तहको योजना तर्जुमा प्रक्रिया र दिगो विकास लक्ष्यको स्थानियकरण सम्बन्धी तिन दिने प्रशिक्षण कार्यक्रम कालीकोटको रास्कोटमा सोमबार देखि सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेश स्थानीय शासन सहयोग कार्यक्रम, प्रदेश सुशासन केन्द्रको आयोजनामा प्रशिक्षण सुरु भएको हो ।
जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका , सान्नित्रिबेणी गाउँपालिका र रास्कोट नगरपालिकामा कार्यरत बिभिन्न शाखामा कार्यरत शाखा प्रमूख र कर्मचारीहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । स्थानिय सरकारले योजना निर्माण गर्दा, बजेट छुट्टयाउँदा ध्यान दिनुपर्ने कुरा तथा दिगो विकास लक्ष्यलाई स्थानियकरण कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण केन्द्रित रहने सहजकर्ता कृष्णराज धमालाले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले यस्ता तालिमहरु आबश्यक भएको बताए । उनले योजना तर्जुमा गर्न यो तालिम कोसेढुङगा हुने बताए । तालिम दिन त दिईयो तर यो तालिम स्थानीय तह निर्वाचन भएको केही समयमै दिएको भए अझै राम्रो हुन्थ्यो रास्कोट नगरपालिका प्रमुख बरालले भने ‘पाँच बर्षे कार्यकालमा नीतिगत रुपमा सबै कार्यहरु सञ्चालन गर्न नसकिएको भन्दै आगामी दिनमा स्थानिय सरकारले केन्द्र र प्रदेश सरकारका नीतिहरुलाई टेकेर बजेट तथा आयोजनाहरुलाई प्राथमिकता दिनुपर्छ ।’
चैत्र २१ गतेदेखि २३ गतेसम्म ४ पालिकाको रास्कोटमा र यहि २५, २६ र २७ गते खाँडाचक्र, तिलागुफा नगरपालिका, महावै, शुभकालीका र नरहरीनाथ गाउपालिकाका लागि जिल्ला सदरमुकाम खाँडाचक्रमा अर्को चरणको तालिम सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।