रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

निर्माण ब्याबासायी बम सम्मानित

कालिकाेट ।  कर्णाली प्रदेश तथा अन्य देशका बिभिन्न प्रदेशहरुमा निर्माणका कामहरु तोकिएको मिति अगाबै सम्पन्न गर्ने निर्माण ब्यबसायी मानव बम सम्मानित हुनेभएका छन् । कर्णालीका बिभिन्न जिल्लामा सडक,खानेपानी,बिद्युत्त,भवन तथा अन्य क्षेत्रमा काम गर्ने क्रममा युवा निर्माण ब्यबसायी मानव बमले तोकिएकै मिति अगावै काम सम्पन्न गर्ने र काम गर्ने मजदुरहरुको रकम पनि समयमा नै उपलब्ध गराउने भएकोले बमको उच्च मुल्यांकन गर्दे कालिकोट जिल्लाको राष्कोट नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।

भर्खरै सम्पन्न नगरसभाले मानव बमले राष्कोट नगरपालिकाको फुकोटमा रहेको जनजागृति उच्च माबि डुंग्रिडाँडाको २ तले ४८ पिल्लरवाला गुणस्तरीय भवन तोकिएको मिति अगावै सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरेपछि नगरसभाबाट सम्मान गर्ने निर्णय गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताए ।

नगरप्रमुख बरालका अनुसार गएको बर्खामा बाढि पहिराले बाटो घाटो, सडक अबरुद्ध हुदा पनि, कोभिडले स्थानीय नागरिकलाई त्रसित र थिलो थिलो बनाइरहेको अबश्थामा पनि, यातायातका साधन ठप्प रहेको बेलामा पनि निर्माण ब्यबसायी मानव बमले जिम्मा लिएको जनजागृति उच्च माबि डुंग्रिडाँडाको २ तले ४८ पिल्लरवाला भवन तोकिएको मिति अगावै सम्पन्न गरेकाले नगरसभाद्धारा प्रशंसा पत्र र रु १५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरिएको बताए।

नगरपालिकाले गरेको सम्मान प्रति निर्माण ब्यबसायी बम खुशि हुदै उपलब्ध अक्षरुपि नगद १५ हजार रुपियाँ आफना साइट इन्चाज देवमनि धमाला र हिक्मत बहादुर बम द्धारा आफुलाई यो स्थानमा पुर्याउने कामदारहरुलाई शो रकम उपलब्ध गराउने बताए । जनजागृति उच्च माबि डुंग्रिडाँडाको २ तले ४८ पिल्लरवाला भवन निर्माणका लागि वाई.एस.एस.श्री बसनाथ जेबि फर्मले जिम्मा लिएको थियो ।

अबको दिनमा यसरीनै तोकिएको मिति अगावै बलियो र भरपर्दो काम सम्पन्न गर्ने निर्माण ब्यबसायीलाई सम्मानित गर्ने, पुरुस्कृत गर्ने र बर्षौ देखि निर्माणको कार्य अलपत्र पार्ने निर्माण ब्यबसायीहरुलाई बहिस्कार गर्ने फर्म कालो सुचिमा राख्ने र राम्राे काम गर्ने ब्याबासायि लाई सम्मान गर्ने  स्थानिय तहले पारित गर्नु पर्ने नगर प्रमुख बरालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !