कालिकाेट ~ न्याैपाने बन्धु समाज नेपालकाे केन्दय कार्यसमिति सचिवमा कालिकाेट का उमाकान्त न्याैपाने निर्वाचित भएका छन्।कालिकाेट जिल्ला रास्काेट नगरपालिका घर भइ हाल काठमाण्डाै मा कानुन ब्यबसायमा सक्रिय अधिवक्ता उमाकान्त न्याैपाने २०७८चैत्र २९ गते काठमाण्डाै मा सम्पन्न समाजकाे पाचाै अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका हुन। समाजका अध्यक्षमा झापाका बलराम न्याैपाने र महासचिवमा भक्तपुरका नारायण न्याैपाने निर्वाचित भएका छन्।










