रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बाजुराको त्रिबेणी नगरपालिकामा कांग्रेसका कर्ण थापा मेयरमा बिजयी

३६ बर्ष बाजुरा जिल्लाको शैक्षिक आन्दोलनको नेतृत्व गरेका बाजुरा जिल्लाका शैक्षिक हस्ति कर्ण ब थापा भारीमतका साथ त्रिबेणी नगरपालिकाको मेयरमा बिजयी भएका छन । मेयर थापा सहित उप प्रमुख र बहुमत कार्यपालिका सहित कांग्रेस नगरमा बिजयी भएको छ ।शिक्षक पेसाबाट राजिनामा दिएर खुल्ला राजनितिमा लागेका थापा लोकप्रियमतका साथ मेयरमा बिजयी भएका हुन ।उमेरहदले ८१ चैत सम्म जागिर अबधि रहे पनि राजिनामा दिएर खुला राजनितिकमा लागेका थापा एमाले ,माओवादी गठबन्धनलाई हराउदै मेयरमा बिजयी भएका हुन । २०४१ साल फागुन ११ गते देखि पार्पति निमाबि कैलासमाण्डौ पैमा बाजुरामा अस्थाई शिक्षक भएर अध्यापन गराउनु भएका शिक्षक कर्णथापा सामाजिक ब्यक्तित्व भएका मिलनसार समाजसेबिका रूपमा चिनिन्छन । ३७ बर्ष अध्यापन गरेर सोही बिद्यालयबाट अबकास लिएका थापाको राजनितिक यात्रा पनि सफल हुने देखिएको छ । २०४४साल मा स्थाई भए संगै प्रअको जिम्मेवारी समाल्नु भएका शिक्षक महासंघ बाजुराको सचिव हुँदै दुई कार्यकाल महासंघ बाजुराको अध्यक्ष र दुई कार्यकाल शिक्षक महासंघ केन्दिय सदस्यमा जिम्मेवारी समालेर आफ्नो छवि बनाउनु भएका थापाले मेयर जितेसंगै शुसासनमा नगरलाई देशकै नमुना बनाउने सोचमा रहेको बताउनु भयो । तत्कालिन शिक्षक युनियनको अध्यक्ष हुदा २०५४ सालमा रास्टिय शिक्षक सेवा पदक बाट सम्मानित हुनु भएका थापा ब्यक्तिगत भन्दा सामुहिक उधेश्यमा बढी केन्द्रित हुने सोचमा रहेको बताउनु हुन्छ ।
नेपाली कांग्रेसको एकल ईलाका त्रिबेणी नगरपालिकामा स्थानियतह निर्वाचनमा  नगरप्रमुखमा बिजयी भए संगै उनका समर्थकहरूले बिजय जुलुस निकालेका छन । बिजयी रहेका थापा भद्व, सालिन,मिजासिलो सोभावका सबैका प्रिय ब्यक्तिका रूपमा चिनिन्छन । तत्कालिन माअोबादिको रापतापमा समेत पहिलो सम्बिधानसभामा कांग्रेसले संबिधानसभा सदस्य जितेको बाजुरामा कांग्रेस सुद्विकरणमा आफ्नो थप जोड रहने थापाको भनाई छ ।तत्कालिन तोलि गाबिस ,छतारा र कैलासमाण्डौ गाबिस मिलेर बनेको त्रिबेणी नगर नगरपालिकामा  कांग्रेसको पकट त्यसै छ त्यसमा थप सुदृढ हुने मेयर थापाको भनाई छ । त्यसमा थप कांग्रेसलाई सबैको लोकप्रिय पार्टि बनाएर सबैलाई मिलाएर लिने अाफ्नो चाहाना रहेको थापाको भनाई छ । बर्तमान कांग्रेस सभापति सेरबहादुर देउवा निकट मानियका थापाले ३६ बर्ष लामो शिक्षक पेसामा कहिलेहि पनि उनले बिद्यालयमा अनियमित, पठनपाठन र कुनै कुरा नमिलाएको आलोचना खेप्नु परेन शैक्षिक आन्दोलनमा नेतृत्व सफल बने झै नगर प्रमुखमा पनि सफल हुने र त्यसका लागि सबै बाजुरा बासिको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।जागिरीबाट राजिनामा दिदा निमाबि द्वितीय श्रेणिमा रहेका थापाले यहि छवि कायम राखेर राजनिति निरन्तरता दिय बाजुरामा उहाको राजनितिमा समेत उज्वल भबिस्य रहेको विश्लेषण हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !