कालीकाेटकाे पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार देवराज शाही (अग्नि) विजयी हुनुभएको छ । एमाले ,कांग्रेस गठबन्धनलाई पराजित गर्दै ८ वडा सहित भारी मतले शाही बिजयी हुनु भएको छ ।शाहीले दुई हजार तीन सय ६२ मत ल्याएर विजयी हुनुभएको हो । शाहीका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकबहादुर बोगटीले एक हजार सात सय २९ मत प्राप्त गर्नुभयाे
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै अल्किना बम (बबिता) बिजयी हुनुभएको छ । बमले दुई हजार तीन सय ९८ मत प्राप्त गर्नु भएको छ । बमका प्रतिस्पर्धी नेकपा एमालेका रन रोकायाले एक हजार दुई सय ३६ मत प्राप्त गरेका छन् । पचालझरना गाउँपालिकाको वडा नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् भने अन्य सबै वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
शाही तत्कालिन जनयुद्वताका माओवादी सेनाका बिर्गेडियर हुन भने उपाध्यक्ष अल्किना द्वन्दका बेला लामो समय जेलजिवन बिताएका महिला नेतृ हुन । अघिल्लो निर्वाचन २०७४ मा ६ वडा मात्र बिजय गरेको माओवादीकेन्द्रले यसपालि ८ वडा वडा प्यानल सहित बिजय हात पारेको हो
वडा अध्यक्ष वडा नं १ बिर्ख लुवार माअाेवादी केन्द्र ,वडा अध्यक्ष वडा नं.२.करविर कामी माअाेवादी केन्द्र ,वडा अध्यक्ष वडा नं.३ कृपलाल कठायत माअाेवादी केन्द्र ,.वडा अध्यक्ष वडा नं.४ अनरूप राेकाया माअाेवादी केन्द्र ,वडा अध्यक्ष वडा नं.५ भक्त बहादुर बम नेपाली काँग्रेस ,वडा अध्यक्ष वडा नं.६ प्रभुजन संज्याल माअाेवादी केन्द्र ,वडा अध्यक्ष वडा नं.७ कल बहादुर एेडी माअाेवादी केन्द्र ,वडा अध्यक्ष वडा नं.८ जयराम टाेमटा माअाेवादी केन्द्र ,वडा अध्यक्ष वडा नं.९ ललितजंग शाही बिजयी हुनु भएको छ ।