३ असार, रास्काेट~दलित महिला संघ (फेडो) द्वारा
सञ्चालित हाम्रो आवाज परियोजनाले जिल्लाको
रास्कोट नगरपालिकामा परियोजना परिचय तथा
सरोकारवालाहरु सँग समन्वयात्मक बैठक सम्पन्न
गरेको छ ।
दलित महिला संघ (फेडो) का जिल्ला अध्यक्ष हजा
सुनारको अध्यक्षता रास्कोट नगरपालिकाका नगर
प्रमुख धर्म राज शाही (पोषण) को प्रमुख आतिथ्यता
तथा नगर उपप्रमुख मनिराज बरालको बिशेष
आतिथ्यता र नगरपालिकाका प्रमुख प्रशासकीय
अधिकृत जवान सिंह बमको उपस्थितिमा हाम्रो आवाज
परियोजनाको परिचय र समन्वयात्मक बैठक सम्पन्न
भएको हो । उक्त कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख धर्मराज
शाही (पोषण) ले यस्ता कार्यक्रम एउटा पालिकामा मात्रै
सिमित नभइ हरेक बस्ती बस्तीमा सञ्चालन गर्न
आवश्यक रहेको बताए । ‘उनले भने, । समाजको
वास्तविक घटनाक्रम र समाजको बस्तु यथास्थिति सँग
एउटा परियोजनाले काम गर्नु महत्त्वपूर्ण कुरा भएको
बताए । यो परियोजनाले समाजमा रहेको वास्तविक
पीडितको आवाजलाई जस्ताको तस्तै बाहिर ल्याइ
समाधानको उपाय खोज्ने समेत उनले बताए ।
समाजमा रहेका दलित लक्षित बर्ग युवा दलित महिला
बालबालिकाको क्षेत्रमा मात्रै नभई पीडित भएका हरेक
नागरिकको आवाजलाई सम्बन्धित निकाय मार्फत
सकारात्मक दृढताका साथ समाधानको प्रयास खोज
समेत आग्रह गरे ।
अबका प्रत्येक बस्ती बस्तीमा आवाज परियोजनाको
खाँचो रहेको बताउँदै परियोजना सफलताको
शुभकामना समेत ब्यक्त गरेका थिए । दलितको महिला संघ (फेडो) द्वारा सञ्चालित आवाज परियोजनाले
कालीकोटका चारवटा स्थानीय तहमा दलित, महिला,
युवा, बालबालिका र लक्षित बर्गको क्षेत्रमा काम गर्ने
भएको छ ।याे आवाज परियाेजना रास्काेट नगरपालिका वडा न ३,४,५,९मा लागू हुने दलित महिला संघ जिल्ला अध्यक्ष हजा सुनार ले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ ।