रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

घरबार विहिन दलित परिवारलाइ घर बनाइदिने नगर सरकार काे निर्णय

कालीकोट ~रास्कोट सरकारले जनताकोआवश्यक्तालाइ मध्ये नजर गर्दै जनपक्षिय काम गर्न।शुरु गरेको छ ।

दोस्रो स्थानीय तहको निर्वाचन पछि निर्वाचित नगर
प्रमुख धर्मराज शाहीको नेतृत्वको टिमले जनताका
आवस्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम
शुरु गरेको बताइएको छ ।

सोही अन्तरगत आज बसेको कार्यपालिका बैठकले
प्रदेश सरकारको अनुदानमा रास्कोटका घरवारविहीन ६
जनाको घर बनाउने निर्णय गरेको छ । जनता आवास
कार्यक्रम अन्तरगत रास्कोटका गरिब एवंम अति बिपन्न
दलित घरपरिवारलाई आवास निर्माण गर्न छनोट गरेको
नगर प्रबक्ता धन बहादुर धामिले बताउनु भएको छ ।
जस अन्तरगत नयाँ घर बन्नेमा रास्कोट नगरपालिका ८
निवासी बाटुली दर्जी, रास्कोट ५ का कुसे चदरा, वडा नम्बर ७ का भरत शार्कि, वडा नम्बर २ का धनसुर लुवार, वडा नम्बर ८ कि जैपुरा कामी र वडा नम्बर ६ का धनसुर दर्जी रहेको बताइएको छ।

घर निर्माणका लागि प्रती घर ३ लाख अनुदान पाउने
प्रबक्ता धामिले बताउनु भयो ।

गएको वर्ष पनि जनता आवास कार्यक्रम लागू भएको
थियो भने रास्कोट नगरपालिका ७ पुछ्रेगाउँमा एकीकृत
नमुन वस्ती कार्यक्रम लागू भएर एक सय घर निर्माणको
चरणमा रहेको नगर प्रमुख धर्मराज शाहिले बताउनु भएको छ ।

त्यसै गरेर अगामी वर्ष २०७९/०८० को लागि राजस्व
परामर्श तथा बजेट तयारी समितीमा नगर प्रमुख
धर्मराज शाही संयोजक रहने गरेर समिती गठन गरेको
छ भने नगरका योजनाको अनुगमन गर्न नगर उपप्रमुख
मनिराज बरालको संयोजकत्वमा समिती गठन भएको
बताइएको छ ।खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !