यही ९गते रास्कोट नगर सरकारले आफ्नो बार्षिक निति तथा कार्यक्रम सहीतको आगामी वर्ष २०७९ ।८० का लागी बजेट सार्वजनिक गर्ने भएको छ । बार्षीक कार्यक्रमको तयारीको लागी नगर सरकारले बिभिन्न निकाय, बिषयगत साखा र सरोकारवाला बिषयगत निकायका प्रमुख राजनितिक दल र बुद्धिजिबि, महिल ,दलित, युवा, बालबालिका हरु संग सुझाव सल्लाह र परामर्स लिइरहेको छ । सोही शिलशिलामा हिजाे मंगलबार रास्कोटमा कर्णाली प्रदेशका पर्व मुख्यमन्त्री महेन्द्र शाही सहीतको उपस्थीतमा बिभिन्न निकायका प्रमुखसंग छलफल र परामर्स लिने काम भएको नगरका प्रबक्ता धन ब धामीले बताउनु भयो ।
नगर सरकारले आफ्नो निति तथा कार्यक्रममा आगामी वर्षमा नगरले भौतिक पुर्वाधारमा सडक शिक्षा,स्वास्थ्य ,खानेपानि र सुसासनका सवालमा बजेट केन्द्रीत गर्ने गरी निति तथा कार्यक्रम सार्वजनिक भएका छन ।
नगर सरकारका प्रमुख धर्मराज शाही पोषणले सार्वजनिक गर्ने निति तथा कार्यक्रममा हरेक वडाका एक सार्वजनिक स्थलमा फ्रीवाइफाइ जोन ब्यवस्थापन गरेर समुदायलाइ इन्टरनेट पहुचमा पुरयाउने ब्यवस्था मिलाउने निति तथा कार्यक्रममा समाबेस गरीएको छ ।
नगर सरकारले नगर भित्रका सबै साखा सडक लाई ब्यवस्थीत गर्दै एक नगर बस सेवा संन्चालन गर्न लागीएको निति तथा कार्यक्रम मा उल्ल्ेख छ ।
सुझाव सल्लाहलिन आयोजीत कार्यक्रम मा सहभागि माओवादी केन्द्र प्रदेश कमिटि सदस्य जगत ब शाहि , नेपाली काङ्ग्रेस का कालिकाेट जिल्ला प्रदेश ख का सभाहपति अानन्द शाहि राप्रबा का नेता सत्य बहादुर शाहि नेकपा एमालेका जिल्ला उपाअध्यक्ष दयाराम सिम्खाडा समाजवादि का नेता सनेश शाहि लगाएत का नेता हरुकाे सुझाब संकलन मा शिक्षा , स्वास्थ्य , र गाैरव का अायाेजना मा काम गर्न समेत सुझाव दिनु भएकाे छ। उक्त कार्यक्रम मा बाेलदै शिक्षक सन्तराज शाहिले रास्काेट नगर सरकारले उत्पादन दिन सक्नेमा लगानी गरेर रोजगारी दिनु सकिन्छ बताउनु भयो । र शाेहि कार्यक्रम मा बाेल्दै नेता नेत्र राज शाहि ले माओवादी केन्द्रको सरकारले दिगो बिकास लक्ष्यमा आधारीत बिकास गर्न सके मात्र अगाडी बढ्न सकिने बताउनु भयो । रास्कोट नगर सरकारले बार्षिक निति कार्यक्रममाथि सुझाव मा
सेवाग्राहाीलाइ शुसासनमुखी सेवाका लागी सेवाप्रवाहाको मोडेल तयारी गरी नगरसरकारले एकिकृत सेवा दिने तयारी गरीरहेको नगर प्रमुख शाहीले बताउनु भयो ।
नितिकार्यक्रम माथीको सुझाव सल्लाहाका लागी आयोजीत कार्यक्तममा बोल्दै रास्कोट नगर प्रमुख शाहीले स्थानीय सरकारको आन्तरीक आयश्रोत कम छ तर पनि बिभिन्न निकायबाट प्राप्त अनुदानलाइ कार्यन्वयन गर्ने हो त्यही पनि बिवादका बिचबाट होइन सहमतीसहकार्यका माध्यमबाट काम गर्ने बताउनु भयो ।
अहीलेको चुनौती भनेकै सेवामा पारदर्सीता र शुसासनको रहेकाले नागरीकलाइ बिश्वासिलो बातावारण तयारी गरी जनता र सरकारको सम्बन्ध नजीक ल्याउने निति तथा कार्यक्रम ल्याउन लागएिको नगर प्रमुख शाहीले बताउनु भयो ।
नौ वटा स्थानीय तह रहेको कालीकोटमा पालीकाहरुले निर्धारीत समयमा निति कार्यक्रम र बजेट ल्याउने तयारी गरी रहेका छन । कालीकोटका अधिकांस स्थानीय तहले असार १० को डेटलाइनमा निति कार्यक्रम र बजेट सार्वजनिक सभा आयोजना गर्ने तयारीमा रहेका छन । र बजेट निति कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको दिउसो रेडीयो प्रदेश आवाजले प्रत्यक्ष प्रसारण गर्ने समेत बताउनु भयाे ।