रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट नगरसरकारद्वारा आगामि बर्षको बजेट , नीति कार्यक्रम सार्वजनिक

कालिकाेट ~ रास्काेट नगरपालिकाले आगामि बर्ष २०७९/ ०८० का लागि बजेट तथा नीति कार्यक्रक सार्वजनिक गरेको छ आज आयोजित नगरसभाको बैठकमा नगर प्रमुख धर्मराज शाही पोषणले नीति तथा कार्यक्रम सार्वजनिक गरे पछि उप प्रमुख मनिराज बरालले आ.व २०७९/८० को लागी ४९ करोड ३८ लाख ५६ हजवजेट प्रस्तुत गर्नु भयो । रास्काेट नगरपालिका काे दशाैँ नगर सभामा नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम र उप प्रमुख मनिराज बराल ले ४९ करोड ३८ लाख ५६ हजार वजेट प्रस्तुत गरेको बताइएको छ । नगरपालिका प्रमुख धर्मराज शाहि (पाेषण)काे अध्यक्षता तथा जिल्ला समन्वय समिति सदस्य सुर्जा फडेरा को प्रमुखआतिथ्यतामा भएको दशाैँ नगर सभा अघि राजनितिक दल र स्थानियको सुझाव संकलन गरेर कार्यक्रम ल्याइएको नगरपालिका उप प्रमुख मनिराज बरालले बताउनु भएकाे छ नगर सभा मा प्रस्तुत ७९/८०काे नीति तथा कार्यक्रमा पहिलाे प्राथमिकता मा नगर बस ,नगर प्रहरि देखि कृर्षि अाधुनिकीकरण सम्म राखिएकाे नगर प्रमुख शाहि ले बताउनु भएकाे छ।हामी_बनाउछाै_हाम्राे नगर भन्ने मुख्य नारामा आ ब २०७९।०८० रास्काेट नगर पालिकाकाे दसाैं नगरसभाका मुख्य प्रथमिकतामा परेका नीति तथा कार्यक्रमहरु नगर बस सञ्चालन , नगर प्रहरीको अबधारणा सार्वजनिक गरीएको छ । गुनासो सुन्न मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन , उप-प्रमुख सँग लक्षित वर्ग कार्यक्रम सञ्चालन ,सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण ,जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, दन्द्ध पिडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्यायनका लागि “मेयर छात्रवत्ति कोष स्थापन लगाएत लोकप्रीय कार्यक्रम सार्ञ्चालन रास्कोट नगरपालिकाको पहिचान सहित लोगो कायम गरिने नीति तथा कार्यक्रममा समाबेस छन । वातावरण संरक्षणका, रास्कोट कोशेली घर स्थापना गर्ने एक घर एक धारा कार्यक्रमद्धारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार पर्यटन प्रर्वधनका लागि होमस्टे स्थापना १३. नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रमको निरन्तर १४. रास्कोट नगर अस्पतालबाट विषेशज्ञ सेवा प्रवाह गर्ने । आर.सि.पि. बजारको विस्तृत सर्वक्षण गरी व्यवस्थापन गरिनेछ । जल, जंगल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्वन गरिने छ। पूर्वाधार विकासकालागि भौतिक संरचनाहरुको स्तर उन्नती गरिनेछ। बजेटको उद्देश्य हाँसिल गर्न प्राथमिकता कायम गरी संघ,कर्णाली प्रदेश निजि क्षेत्रसंग साझेदारीका आधारमा सहकार्य गरिने बताईएको छ ,कृषि आधुनिकिकरण, व्यवसायिकिकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !