कालीकोट~ रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण) ले स्थानीय सरकार छ भन्ने जनतामा अनुभुती नभएको बताएका छ्न । दोस्रो स्थानीय तहको निर्वाचन पछि बिजयी जनप्रतिनिधिले जनतामा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउने बताएका हुन ।
एक विशेष भेटघाट कार्यक्रम मा कुरा संगै भलाकुसारीका क्रममा अबको केही दिनमा जनतामा स्थानीय सरकार भएको महसुस गराउन सिंगो नगरपालिका लागेको बताएका छ्न ।
आफुहरुको कार्यकालको पहिलो काम भनेकै जनताका पक्षमा काम गर्नु पर्ने रहेकाले नीति नियम बनाइ क्रमस कार्यन्वयन गर्ने बताएका छ्न । उनले कृषि, पशु तथा उद्वम कार्यक्रममा प्रत्येक वडामा नमुना काम गर्ने त्यसबाट कृषकको जीवन स्तर उकास्ने बताए । नगर प्रमुख शाहीका अनुसार पहिलेको स्थानीय सरकारले ग्रामीण र बजार क्षेत्रमा कर लगाइएको
समान दरलाइ हटाएर कृषकहरुलाइ ५० प्रतिशत छुट दिएको र बजार क्षेत्रमा थप गरेको र एक वडा एक सुपत मूल्य पसल समेत स्थापना गरेर जन्तालाई कसरी सहज हुन्छ । त्यहि का मा मात्र प्राथमिक दिने समेत बताए ।
अहिले नगरपालिकामा जनताका काम भन्दा पनि आफ्ना काम कसरी गर्ने र कता बाट फाइदा हुन्छ भन्ने मान्यता बोकेर केही ब्यक्तिहरुमा देखिएको स्वार्थ हट्ने बताउदै शाहीले आफू जनताको हितमा हुने काममा लागि परेको बातेका छ्न । जनताको काम पहिलो प्राथमिकतामा राख्दै नगर प्रमुख शाहीले शैक्षिक क्षेत्रको बिथिती हुँदै अन्य काम सुधार गर्न आफुले ध्यान केन्द्रित गरेको बताए ।
रास्काेट नगरपालिका सबै वडामा खानेपानी देखि अन्य काम निरन्तरता जस्तो भएपनी सुधार र गुणात्मकता अबको अभियान रहने नग,प्रमुख शाहीको भनाइ छ । अहिले रास्काेट नगरपालिकामा नेकपा माओबादि केन्द्र तर्फबाट नगर प्रमुख धर्मराज शाही (पाेषण) र एकीकृत समाजबादि तर्फबाट उपप्रमुख मनिराज बराल बिजयी भएका हुन।