रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

गाडी चालक सुर्खेत बिरेन्द्र नगर १ का निरक नेपालीको कालिकोट खल्लागाडमा रहस्यमय मृत्यु ,प्रहरीले शव जिल्ला अस्पताल ल्याई पुर्यायो

कालिकोट सुर्खेत बिरेन्द्र नगर नगरपालिका १ का एक गाडी चालकको रहस्यमय मृत्यु भएको छ । २२ गते सुर्खेत जुम्लाका लागि छुटेको हाइस गाडी चालक रहेका नेपालीको रहस्यमय मृत्यु भएको हो । गाडी गाल्जे भन्दा अगाडि सडकमा बिग्रे पछि दुई दिन सम्म त्यहि थन्कियो । सोही शिलशिलामा गाड कुर्न बसेका गाडी साहु जयलाल नेपाली र चालक निरक नेपाली मध्य, चालक ३४ वर्षका निरक नेपालीको रहस्यम मृत्यु भएको हो । २३ गते राति १० बजे गाल्जे होटेलमा खान खाएर गाडी साहु र ड्रराईभर निरक नेपाली गाडी भएको स्थानमा गएका थिए । गाल्जे खाना खाएर गाडी भएको स्थानमा पुगेका उनिहरू दुई मध्य साहु गाडीको पछाडि सिटमा र चालक अगाड आफ्नै सिटमा सुते तर साहु राति १ बजे वर्षातकाे पानी झ्यालबाट भित्र खसे पछि बिउझिन्छन पानी परे पछि आफू उठे त्यो बेला गाडी अगाडिको सिटमा सुतेका चालक थिएनन् गाडी साहु जयलाल नेपालीको भनाई रहेको छ । गाडीको ढोका खुल्लै थियो चप्पल एक गाड भित्र र अर्को बाहिर सडकमा खसेको थियो तर त्यो राति मान्छे अत्तोपत्तो लागेन । साहु जयलाले राति अँध्यारो एक्लै एकान्तमा खोज्न सम्भव नभएको बताएका छन । तर बिहान उठेर खोज्दा गाडी रोकेको ठाउँबाट तीस मिटर सडकको अगाडि तल नदि किनारमा चालक निरक मृत भेटिएको बताएको छ ।बिहान ७ बजे उठेर खोजे पछि गाउलेले लास छ भनेर खबर पाएको नेपालीको भनाई रहेको मृतक नेपालीका दाइ किसन नेपालीले बताएका छन । मृतक नेपालको २४ गते राति मात्रै प्रहरीले शव जिल्ला अस्पताल ल्याएको छ । मृतक चालक नेपालका एक छोरी एक छोरा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !