कालिकाेट ~करार कर्मचारीको म्याद थप गर्ने या नगर्ने भन्ने बिषयको बिवाद सबै स्थानिय तहमा चलिरहेका बेला रास्काेट नगरपालिका र महावै , सान्नि त्रिर्बेणि गाउपालिकाले कर्मचारीहरु लाई नहटाउने निर्णय गरेको छ । सामाजिक संजालमा भएको व्याप्त हल्ला गलत भएको ती पालिकाले बताएका छन । रास्कोट नगरपालिका र सान्नि त्रिर्मिबेणि गाउपालिकामा सरकारका स्थानिय सरकारको वैठेकले पालिका रहेका करार कर्मचारीहरु लाई हटाउने नभएर उनिहरु लाई थप व्यावस्थापन र कार्यसम्पादनका आधारमा नैसीयत दिने कुरा सहिहुने र आफू त्यही गरेर जाने निर्णय गरेका छन ।रास्कोट नगरले उक्त निर्गणय गरेको नगर प्रमुख धर्मराज शाहि (पाेषण) ले जानकारी दिनु भयो । रास्कोट नगरपालिका प्रमुख का अनुसार पालिकामा रहेका वेरोजगार युवाहरुलाई थप स्वरोजगार सुनिश्चितता हुने गतिविधि पालिका सरकारले संंचालन गर्ने क्रममा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी लाई हटाउने कुनै पनि सोचमा नरहेको र उनिहरु लाई थप व्यावस्थापन गरेर जाने कुरा व्याक्त गरेका छन् उनले थपे सामाजिक संजालमा को ले के लखेको छ भन्ने कुरा प्रमुख हैन पालिका सरकार ले विधिगत तथा नितिगत रुपमा के गर्यो भन्ने कुरा प्रमुख हो त्यसर्थ पालिकाका स्थित कुनै पनि करार कर्मचारीको हकमा हामिले नराम्रो निर्णय गदैनौ तर पालिकाको निति, विधि, पद्धति र निर्देशन लाई नमान्ने अराजक गतिविधि गर्ने कुनै पनि कर्मचारीहरु को हकमा पालिकाले जतिवेला पनि एक्सन लिन सक्ने कुरा व्याक्त गरेका छन् भने सामाजिक संजालमा भएको नित्था हल्ला र आरोपका पछि रास्काेट नगरपालिका का कुनै पनि नागरीकहरु लाई पछि नलाग्न अनुरोध समेत नगर प्रमुख शाहि ले अनुराेध गर्नु भएकाे छ