रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट नगर प्रमुखद्वारा लेकालिभेकको अनुगमन

         रास्कोट नगरका प्रखुख धर्मराज शाही पोषण सहित सरोकारवालाहरूको एक टोलिले नगरको उच्च लेकालि भेकमा रहेका योजना र त्यहाको बस्तुस्थितिको अध्यन गरेको छ । आव २०७४ देखि हालसम्म रास्कोट नगरले लगानि गरेको बयर बाख्रा पालन , लेकालि भेकको जलजंगल र जटिबुटीको अबस्था र सिचाइ कुलो र खानेपानि मुहानका साथै कृषि तथा तरकारी खेतीको अनुगमन गरीएको हो । नगर सरकारले उत्पादनका क्षेत्रमा लगानी गर्ने उधेश्यले अनुगमन गरिएको नगर प्रमुख शाहीले रेडियो प्रदेश आवाजलाई बताउनु भयो ।कृषकलाई परेको संकट बुझ्नुका साथै उनिहरूलाइ पसुपालन , कृषि र जडिबुटीमा आकर्षण गर्न लेकालि भेकको अनुगमन गरीएको नगर प्रमुख शाहिले बताउनु भयो ।तीन दिन सम्म नगर प्रमुखको टोलि लेकालि भेकमा अनुगमन सकेर फर्केको अनुगमनमा सहभागी पसुसाखा प्रमुख कुल प्रसाद न्यौपानेले बताउनु । नगर प्रमुख शाहीको टोलिले नगरको पसुसाखाले लगानि गरेर स्थापना गरेको बयरबाख्रा फमको अनुगमन गरेको बताइएको छ । सुमा १५ लाख पसुसाखाले प्रधान्मन्त्री कृषि आधुनिकी करण परियोजना अन्तरगत बाख्रा पकेट बिकास कार्यक्रमको सहयोगमा बाख्राको साना ब्यवसायी कृषि उत्पादन केन्द्र कार्यक्रमको सहयोगमा बोयरबाख्रा उत्पादन थालेको थियो पकेट क्षेत्र कास कार्यक्रम अन्तरगत पसुसाखा रास्कोटले १५ लाख चालू आबमा पनि बुद्व बयर बाख्रा स्रोत केन्द्रलाई अनुदान दिएको र त्यसको पनि अनुगमन गरेको अनुगमनमा सहभागी रास्कोट पसुसाखा प्रमुख कुल प्रसाद न्यौपानेले बताउनु भयो । बुद्व बयर बाख्रा उत्पादन केन्द्रले उत्पादन गरेको बाख्रा निरक्षण पछि कृषकको प्रयास सफल काम भएको मेयर शाहीले बताउनु भयो ।कृषक लाल एैडीले संन्चालन गरेको बाख्रापालन फमले यो बर्ष मात्र ६ लाख को बाख्रा बेचेको उहाले बताउनु भयो । ६ लाख ६५ हजार को पसुसेवा साखाले खरित लगानि गरेकोबाख्रा अन्यकिसान लाई अनुदान दिएको न्यौपानेको भनाइ छ ।सुरूमा १० वटा बाख्रका लागी ४ लाख लागत साजेदारिमा नगरले सहयोग गरे पनि अहिले फममा ४५ बाख्रा रहेका छन कृषकको काम देखेर फममा अहिले थप १५ लाख बजेट बिनियोजन गरेको समेत बताईएको छ। २० प्रतिसद रकम लागत साजेदीरीमा १५ लाख अनुदान दिएको र त्यसको उत्पादन नगरपालिका भरी फैलाउने योजना रहेको साखा प्रमुख न्यौपानेले बताउनु भयो । टोलिले ,भिरकुलो र खाति कुलो रास्कोट बृहत् खानेपानिको मुल पहिचाहान लगाएतका समस्या सामाधान गर्न मुल निरिक्षणको काम पनि गरिएको बताईएको छ ।तिलेलिखोला मुल र गेरू खोला मुल समेत निरीक्षण गरिएको हो । सुद्वता नाप्ने र सफा पानी दिने काम नगर सरकारले गर्ने शाहिले बताउनु भयो। लेख बस्तीमा रहेका योजना अनुगमनसंगै मुल निरिक्षण गरिएको हो । आधारभुत बिद्यालय लेखबस्तिको समेत अनुगमन गर्नु भएको हो । गडिगाउ पुल दुधेसिल्ला आधारभुत बिद्यालय ,जंगलजडिबुटी र लेखबस्तिमा पाइने प्रकृतिक सौन्दर्यताको अनुगमन गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !