पचालझरना गाउपालिका, पसुपालनका क्षेत्रमा एक महत्तोपुर्ण सम्भावना बोकेको पालिका हो । यस क्षेत्रमा पालिकाले आफ्ना नागरिकलाई गोठालो भत्ता दिन्छ । एक सय बढी भेडाबाख्रा पाल्नेलाइ मासिक गोठालो भत्ता दिन्छ भने त्यसभन्दा कमपाल्नेलाइ गोठालो पोशाक दिने गर्छ । सोही कार्यक्रम अनुसार पालिकाको वडा नं ९ ले आज वडाका किसानलाइ बर्षादको झरी टार्न रयाङकोट ,त्रिपाल र्बितरण गरेको छ । आब २०७९/०८०को कार्यक्रम अनुसार वडाका २४ जना बार्खा तथा भेडा पालक किसानलाई रेनकाेट तथा त्रिर्पाल बितरण गर्दै वडा अध्यक्ष ललिजन शाहीले पालिकाको यो कार्यक्रमले किसानलाइ पसुपालन तर्फ आकर्सित गर्न सहयाेग गरेको बताउनु भयो । वडा अध्यक्ष शाहीले किसानलाइ बर्सादमा लेकबेसी गर्दा दुख कष्ट हुन्छ भनेर यो कार्यक्रम तय भएको बताउनु भयो ।यो कार्यक्रम देशैभरी सिकाईको बिषय भएको भन्दै वडामा किसानलाइ भेडा बाख्रा पालन तर्फ आकर्सण बढाउन यो कार्यक्रम ल्याएको वडा सचिव बिनोद शाहीले रेडियो प्रदेश आवाजलाइ बताउनु भयो ।