कालिकाेट ~ रास्कोट नगरपालिकाले नगर सभा मार्फत ल्याएको नीति तथा बजेट कार्यक्रम कार्यान्वयनमा लिन सुरू गरेको छ । नगर सरकारले नगर सभा मार्फत मेयर हेल्थकेयर, सामाजिक सुरक्षा भत्ता र पन्जिकरणका कामहरू घरटोलमा पुगेर गर्ने नीति लिएको थियो । सोही कार्यक्रम अन्तर्गत आज रास्कोट ८ पलातिबाडा टोलबाट चिकित्सकिय सेवा सहित मेयर हेल्थ केयर कार्यक्रम सुरू गरेको छ नगरले पलातिबाडा टोलमा वडा नं ८ का वडा अध्यक्ष मनिराज बराल को अध्यक्षतामा एक कार्यक्रमकाबिच सुरूवात गरेको हो । उक्त कार्यक्रममा नगर प्रमुख धर्मराज शाही पोषण रास्कोट अस्पतालका डाक्टर सेरमान गुरुङ लगाएतका चिकित्सक हरू सहभागी रहेको कार्यक्रममा बृद्धबृद्वा देखि महिला तथा आम नागरीकको स्वास्थ्य चेकजाँच गरिएको हो | दम, गर्भवति चेकजाँच एक्सरे चेकजाच सेवा प्रदान गरिएकाे पत्रकार टिकाराज उपाध्याय ले बताउनु भयो नगर सरकारका नीति तथा कार्यक्रम साकार गर्न लागिएको बताउदै नगर प्रमुख शाहीले नागरीकले सेवा लिन अड्डा अदालत धाउनु नपराेस र घरघरमा पुर्याइने बताउनु भयो । एक्सरे, दम प्रेशर, सुगर लगाएत रोगको चेकजाच गरिएको बताईएको छ । घर दैलो सेवा दिन लागे पछि रास्कोट नगरपालिकाको वडा न ८ को पलातिबाडा टोलका स्थानिय खुसि भएका छन । कार्यक्रममा १३० जनाको स्वास्थ्य परिक्षण गरिएको बताईएकाे छ।