कालिकोट~ जिल्लाको पचालभरना गाउँपालिका वडा ६का सुनजिते बुढाकी श्रीमती अमृता बुढाले बच्चा जन्माउन नसक्दा हेलिकप्टर मार्फत उद्धार गरिएको छ । स्वास्थ्य चौकी राम्नाकोटमा बच्चा जन्माउन नसक्दा गाउँपालिका उपाध्यक्ष अल्किन बम, वडा अध्यक्ष अनरुप रोकायाको पहलमा सुर्खेत अस्पतालमा रिफर गरिएको बताइएको छ ।
पहिलोपटक शुत्केरी हुने अमृता लाई स्वास्थ्यकर्मीले पहिले नै समस्या हुनसक्छ तलतिर झर्नु पर्छ भनेको भए समयमै लिन सकिन्थ्यो तर स्वास्थ्यकर्मीले मतलब नगर्दा अहिले यस्तो अबस्था आएको बताईएको छ