रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

उदाहरणीय बन्दै रास्कोट नगर सरकारको सुशासन योजना

राज्यको शासन ब्यवस्थामा पात्र जति फेरीए पनि जनताको इच्छा र चाहना स्वरूप ब्यवस्थाको शैली नफेरीएको पीडा जनताले विभिन्न शव्दावलिबाट अभिब्क्त गरेको पाइन्छ ( जति जोगि आए पनि कानै चिरिएका ) जो गए शासक भए ,“जतिलाई जिताए पनि बैतर्नि तार्नु हो “यी यावत शब्दले जनता राजनितिक नेतृत्व प्रति उदाशिन देखिन्छ । यो बितृष्णामा केह कुरा बिगतको शासन ब्यवस्थामा पुग्नु अघि जनता सामु गरीएका बाचाबन्धन सरकार पदमा पुगेपछि जनताका दुखकस्ट फर्किएर नहेर्ने परिपार्टी प्रमुख दोषि हो भने प्रतिबद्वता बिर्सेर आफुखुसि कार्यकाल कटाउने जनप्रतिनिधिको ब्यवहारले यो महशुस गराएको हो । जनप्रतिनिधि जनताको अभिमत प्राप्त जनप्रतिनिधिमा देखिएको उदाशिनताले नागरीक राज्यको सेवामा प्रत्यक्ष पहुचमा पुग्न सकेनन् , पछिल्लो बेला नेपालमा संघिय शासन ब्यवस्थाको प्राप्ति पछि पनि नागरीकले सुसनको महशुस गर्न नपाएको देखिन्छ । भलै संघियता पछि अधिकार प्राप्त स्थानिय सरकार स्थाप ना भएको त धेरै छैन तर जनतालाई स्थानिय सरकार बारे जनकारी लिने भरपुर आधार स्नतम्भ बनेको अघिल्लो स्थानिय सरकार कतै जनताको आसा र भरोसाको केन्द्र पनि बने कतै आलोचनाको केन्द्र त्यो नेतृत्वमा कस्तो ब्यक्ति पुग्यो भन्नेकुरा संग सम्बन्धित छ ।

स्थानिय सरकारको निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतनिधिको हकमा अहिले एक आर्थिक वर्षको मात्र नति तथा कार्यक्रम र बजेट प्रस्ताव भएको छ भलै अब श्रावण १ गते देखि लागू हुन्छ तर नीतिमा नेतृत्वको कार्यदक्षयता झल्किने भएकाले हुने बिरूवाको चिल्लो पात भनेझै पालिका सरकारले संचालन गरेका हरेक गतिविधि लगायत जनताका हरेक जनचासोका विषय वस्तुहरु लाई पालिका सरकारले कसरी नागरीकको पहुचमा पुर्याउन कार्ययोजना लागू गर्छन भन्ने बिषय हेर्न त बाकि छ तर हाल सम्म सरकार लोकप्रीय हुन नसक्नु को मुख्य कारण सुशासन ,खुल्लापन लिकालेर टोलफ्रि सेवा संचालनमा ल्याएको मेयर धर्मराज शाही (पोषण) ले जानकारी दिएका छन् मेयर शाहीका अनुसार नगरपालिकाका हरेक सर्वसाधरण जनताहरु पालिकामा आएर अभिव्यक्ति गर्न नसक्ने, उजुरी दिदा विभिन्न हिंसा हुने र त्रसित हुने हुदाँ उनिहरुको सूचनाको हकमा पहुँच पुर्याउन तथा गुनासोको अधिकार सुनिश्चितता गर्नका लागी टोल फ्रि नं १६६०८७४४०४४ संचालन ल्याएको ताएका छन् रास्कोट नगरपालिकाले टोल फ्रि सेवा संचालन गरीसके पछि आगामि दिनमा रास्कोटका नागरीकहरु ले जतिबेला पनि आफ्नो गुनासो नगर सरकारलाई दिन सक्ने अधिकारको सुनिश्चितता भएको छ ।

यो कार्य लगायत रास्कोट नगरपालिका सरकार ले दुई महिना भित्रै एक दर्जन भन्दा ढि काम कार्य सम्पन्न गरी प्रगतिका पाइला चालेको छ । टोल फ्रि नम्बर संचालन गर्ने पहिलो पालिकाको रुपमा रास्कोट नगरपालिका भएको छ । सुशासनमा रास्कोट नगरले थालेको काम नेपालकै उदाहरणय हुनेछ। साझ बिहान डिजिटल हाजिरी, सोधपुछ कक्ष , गुनासो सुन्नटोलफ्रि मार्फत हेलो सरकार, नागरिक सहायता प्रतनिधि र प्रतिक्षालय ,नागरिक बडापत्र ,सूचना पार्टी हरेक महिना एकीकृत सेवा शिबिर मार्फत नगरका सबै सेवा एकिकृतरूपमा मेयरहेल्थ केयर कार्यक्रम मार्फत बस्ति र वडा केन्द्रित गरेर दिनेकाम नगरको उदाहरणय काम हुन । बुधबार हामिले रास्कोट नगरको मुख्यालयमा प्रशासनिक भवनको गेटमा दिउँसो चारघण्टा बितायौं त्यसको खबर कर्णाली अनलाइनको लाईभ पेज र रेडियो प्रदेशको अफिसिएल युटुप च्यानेलमा पनिप्रत्यक्ष गतिबिधि कैद गरेका छौं।

त्यहाँ सेवाग्राही सेवा लिन ढोकामा आउने गर्थ्ये काम बिशेषले सर्बसाधारण गेटमा आउन बितिकै काँ जाने के गर्ने भनेर अकमकाउने बितिकै के काम होला स्वागतछ तपाइलाई भनेर सोधपुछ कार्यकक्षका कर्मचारी सोध्छन सेवाग्राहीले आफ्नो काम दर्शाउछन अनि निबेदन लेख्नु पर्नेभए निबेदन लेखिदिन्छन र आबश्यक कागजात तयार गरि हरेक फाटमा सेवाको सहजीकरणका लागी पुग्ने गरेको भिडियो लाइभ प्रशारण हामीले गरिसकाछौ। फाटमा दुईजना कर्मचारी छन एउटाले सेवाग्राहीलाई फाटफाटमा सहजिकरण गर्छन भने अर्कोले कार्यकक्ष कुरीरहने गरेको सुशासन अधिकृत हुकुम शाहीले रेडियो प्रदेश आवाजलाई बताउनु भयो । नागरीक बडापत्र अब डिजिटलमा बनाइने र अज सेवाग्राहीको लागी आरामदायी प्रतिक्षालयको ब्यवस्था मिलाउने योजना रहेको शाहीको भनाई छ । बिगत भन्दा कर्मचारी पनि कार्यकक्षमा स्टेन रहेको देखिन्छन । सेवाग्राही पनि खासमा दौडधुपमा देखिएन यसरी यहि रप्तारमा सेवा दिए वा निरन्तर गर्न सके नगरपालिका सार्वजनिक सेवाप्रवाहमा उत्कृष्ठ ठहरिने अनुमान त्यहाका नागरिकको छ । एक ताका कालिकोट पचालझरनाले थालेको खरको छानामुक्त गर्ने कार्यक्रम र गोठालो भत्ता क्रमस संघ प्रदेश र स्थानिय तहले सिको गरेका थिए । रास्कोट नगर सरकारको सेवामा पारदर्शिताको यो अभियान अन्तत सबै सरकार र सार्वजनिक निकायले अंगिकार गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !