रास्कोट नगरपालिकाको वडा नं १ ,२ र ३ मा रहेका ७० बर्स माथिका बृद्वबृद्वाहरू र अति अशक्त फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता पाउनेहरूले आज घरआगनमै बृद्वभत्ता बुझेका छन । सामाजिक सुरक्षा भत्ता घरघरमा कार्यक्रममाबितरणका लागि सिप्खाना पुग्नुभएका मेयर शाहीले सिहदरवार गाउमा नारा दिएर सेवा लिन पालिका भवन ओरीपोरी घुमाउने हैन अब घरघरमा पुर्याउने सोचका साथ बैंक सहितको सेवा दिन सामाजिक सुरक्षाभत्ता घरघरमा कार्यक्रम ल्याएर आको बताउनु भयो । सोही कार्यक्रम अनुसार ९९ बर्षका प्रभाखर न्यौपाने बिस्तराबाट उठेर हिड्न सक्दैनन् उनलाई परिवारले खानपिन र दिसापिसाव बिस्तरामै गराउछन उनले पनि भत्ताघरमै प्राप्त गरेका छन । उनलाइ राज्यले दिने सेवा सुबिधाका बृद्वभत्ता पाउन पनि परिवारले बोकेर रास्कोट नगरको मुख्यालय आरसिपिबजारमा रहेको ग्वलोवल बैंकमा लैजाने गर्थे । उनलाइ बैंकको लाइनमा बस्न पनि सास्थि हुन्थ्यो यी सबै झनझट ,समस्या बुझेर नगर सरकारले हामी बनाउछौ हाम्रो नगर भन्ने नारा दिएको छ । रास्कोट नगरले नगरका सेवा एकीकृतरूपमा जनताको घरमा पुर्याउने लक्ष्य अनुरूप सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर बितरण गर्न सुरू गरेको छ ।
महिनामा १ दिन हरेक वडामा एकीकृत सेवा दिने गरि घरटोलमा पुग्ने गरेको नगरले बृद्व भत्ता घरघरमा पुगेर बितरण गर्न थालेको छ । कुनै बेला बृद्वभत्ता गाबिस सचिवले बितरण गर्ने गर्दथे तर नियमित नहुने र सामाजिक सुरक्षा भत्तामा चरम अनियमित हुने गरेको भन्दै स्थानिय सरकार आए पछि सामाजिक सुरक्षा पाउनेको डिजिटल रेकट तयार गरेर बैकखाता मार्फत भुक्तानि गर्न थाल्यो तर पार्दर्सिता कायम त भयो तर ७०/८० बर्ष कटिसकेका बृद्वहरू सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभरी हिडेर बैक पुग्ने आफन्तले बोकेर बैकमा पुर्याउनु पर्ने समस्या निम्तियो । त्यसलाइ लिएर रास्कोट नगरका प्रमुख धर्मराज शाही र उप प्रमुख मनिराज बरालले निर्वाचनकै बेला बृद्वभत्ता घरघरमा पुर्याउने घोषणा गरेका थिय । बृद्व भत्ता मात्रै नभएर सिहदरवारको अधिकार गाउमा मात्रै नभएर पालिकाको सेवा घरघरमा पुर्याउने बाचा गरेका थिए । सोही अनुसार नगरले बिहिबार देखि नगरको वडा नं १ को कार्यालय मार्फत सामाजिक सुरक्षाभत्ता बितरण गरेको छ । ७० बर्ष नागेका बृद्व र असक्तअबस्थामा रहेकाहरूले बृद्वभत्ता पाएका छन ।
नगर प्रमुख धर्मराज शाही पोषण , उप प्रमुख मनिराज बराल, वडा अध्यक्ष उदयराम आचार्य ,वडा नं २ का अध्यक्ष धुर्व शिम्खाडा ,वडा नं ३ का अध्यक्ष राजेन्द्नाथ योगी लगाएत बिषयगत साखाका प्रमुख सामाजिक सुरक्षा साखा प्रमुख हुकुम शाही , ग्वलोबल बैकका कर्मचारी र रास्कोट प्रहरी प्रमुख राम बम, नगरका खेल प्रशिक्षक जीवन शाही ,प्राबिधिक साखाका विशाल रोकाया ,रोजगार सहायक जयराज बराल कृषि साखाका अनिल शाही , भेटनरी साखाका तुलराज सन्ज्याल लगाएतको सहभागितामा एक ओैपचारीक कार्यक्रम गरि साबिक सिप्खानाका बृद्वबृद्वाहरूले भत्ता पाएका छन । सोहिक्रममा ९९ बर्षका प्रभाखरलाइ बृद्वभत्ता दिन नगर प्रमुख , ग्वलोवल बैक, प्रहरी र सामाजिक सुरक्षा साखाका कर्मचारी उनको बिस्तरामै पुगेर हस्तान्त्रण गरे । बिस्तारामै पुगेर वडा नं १ का न्यौपानेलाईले बैक रबिन्द्रराज न्यौपाने बैक कर्मचारी वडा अध्यक्ष उदयराम आचार्यले बेडमै पुगेर हस्तान्त्रण गरे ।
नगरले बैक खातामा हाल्यो , नगरको सामाजिक सुरक्षाको चेकलिष्टका क्यास बोकेर बैक गाउमा जान्छ सम्बन्धित वडामा घरमा पुगेर चेककपिमा वडा अध्यक्षलाइ राखेर रोहबर हस्ताक्षरमा पैसा क्यास ब्यक्तिले पाउँछन् चेक बैकले पछि ईन्ट्रि गर्ने गरेर भुक्तानि गरेको हो । सामाजिक सुरक्षा भत्ता कतिकतिले पाउँछन् भन्ने लिष्ट का अधारमा ७० बर्ष माथिका अशक्त र पुर्ण अपांग भएका ब्यक्तिले पाउनेगर्छन । खाताबाट बैकमै पुगेर पाउने अशक्त उनका नाति लोगराज न्यौपानेको रोहबरमा बसे र भुक्तानिपाएका ९९ बर्षीया न्यौपाने बिस्तरामा १२ हजार पैसा पाए पछि खुसि भएका छन ।