कालिकोट ।। बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । कालिकोट जिल्लामा हुने बालविवाहलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालको सहजिकरमा जिल्लामा कार्यरत संचारकर्मी तथा मिडियाकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बालविवाह, बालअधिकार, बाल संरक्षण, वकाल, पैरवी र रिपोर्टिङ सम्बन्धि पत्रकारहरुले विशेष ध्यान दिए बालविवाह न्यूनिकरणसहित अन्य हिंसाहरुको कमी हुने हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले बताए ।
बिगत लामो समयदेखि प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा हुरेन्डेकको सहजिकरणमा कालिकोटमा बालविवाह, छिटो विवाह तथा जबरजस्ती विवाह न्यूनिकरणको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक शिव शंकर उपाध्यायले बताए । उनले भने, ‘हामीले काम गर्दै जाँदा महत्त्वपूणर् भूमिका सञ्चार माध्यमको रहने भएकाले पत्रकाहरुले बालविवाह न्यूनिकरणका लागि रिपोर्टिङ तथा सक्दो सहयोग गर्नुपर्छ ।’ हुरेन्डेक नेपाल कालिकोटका कार्यक्रम अधिकृत डम्बर बोहोराले समाज परिवर्तनको लागि मिडिया क्षेत्र र गैरसरकारी संस्थाहरुले गरेको भूमिका महत्वपूणर् रहेकाले आगामी दिनमा बालविवाह न्यूनिकरणमा सबैजना लागिपरे अवस्य बालविवाह न्युनिकरण हुने बताए । सहभागी पत्रकारहरुले स्थानीय सरकार, गैरसरकारी संस्था सबैले बालविवाह न्यूनिकरण भनेर लागेको धेरै भएकाले अब ‘बालविवाह अन्त्य’को नारा लियर अगाडि बढ्नुपर्ने बताए ।
मिडिया क्षेत्रमा बालविवाह, बाल हिंसा, महिला हिंसालगायत समाजमा हुने विभिन्न हिंसाहरुकै बढी रिपोर्टिङ गरिएको सहभागी पत्रकाहरुले बताए । प्लान ईन्टरनेशल नेपालको सहयोगमा हुरेन्डेक नेपालले कालिकोटका रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा कार्य गरिरहेको छ ।