कालिकोट ~रास्कोट नगरपालिकामा धार्मिक मेला तथा पैठको अवसरमा मिति २०७९ भाद्र २३ गते बेलुका ६:०० बजे देखी २०७९ भाद्र २७ गते सम्म तपशिल बमोजिम खुलाइएका चारकिल्ला क्षेत्र भित्र मदिरा बेचबिखन र मदिरा सेवन गरी झैझगडा. होहल्ला नगरी नगराई सभ्य नागरिकको पहिचान दिई धार्मीक मेला तथा पैठलाई मर्यादित बनाउन सम्बन्धित सबैलाई जानकारीका गरिन्छ। उक्त मेला मा तपशिल बमाेजिम पूर्व :बयालपाटा :पश्चिम :- लडेखोला : उत्तर :- बसन्तपुर खानेपानी ट्याङ्क :दक्षिण :- रानागाउँ मोड यिनी चार किल्ला भित्र मदिरा निषेधित क्षेत्र ताेकियकाे खबर कर्णाली लाई बताईएकाे छ।