रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पंञ्च आधारभुत विद्यालय रास्कोट ७ को सार्वजनिक सुनुवाइ, डिजिटल कक्षा देखि नमुना भौतिकसंरचना र बालमैत्री कक्षालाई प्राथामिक्ता

जिल्लाको रास्कोट नगरपालिका ७ मा रहेको पंञ्च आधारभुत विद्यालय तोलीको बृहत् अभिभावक भेला सहित सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिपाल महताराको अध्यक्षतामा र रास्कोट नगरका उपप्रमुख मनिराज बरालको प्रमुख अतिथ्यतामा भएको सार्वजनिक सुनुवाइमा बिगत तिन वर्ष यता विद्यालयले गरेको शैक्षिक , भौतिक र संस्थागतरूपमा गरेको बिकाससंग सम्बन्धित प्रगति प्रतिबेदन विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद न्यौपानेले सार्वजनिक गर्नु भयो ।
सार्वजनिक गरिएको प्रतिवेदनमा भेलामा उपस्थित अभिभावकले जिज्ञासा राखेका छन । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख बरालले विद्यालय क्षेत्रमा हुने राजनितिक खिचातानि अन्त्य गरेर विद्यालय क्षेत्र सुधार गरी शैक्षिक उपलब्धि गर्ने अभियानमा जुट्न सरोकारवालालाईअाग्रह गर्नु भयो । विद्यालयको अभिभावक भेलाका प्रमुख अतिथि समेत रहुनु भएका बरालले रास्कोटको शैक्षिक समस्याका बारेमा आफू जानकार रहेको भन्दै सुधार गर्ने नगर सरकारको अभियानमा साथ दिन र वि ब्यस अध्यक्ष बन्ने लुछाचुडिमा नलाग्न अाग्रह गर्नुभयो ।
विद्यालय प्रधानाध्यापक उपेन्द्र प्रसाद न्यौपानेले लथालिङ्गअबस्थामा रहेको विद्यालय ब्यवस्थापनको कामलाई सुधार गरेर अहिले नमुना विद्यालयका रूपमा चिनाउन सक्ने गरि सुधार गरेको बताउनु भयो । बिद्यालयको शैक्षिक सुधार गर्न जुम्ला सम्म विद्यालयले मुद्वा लड्नु परेको र त्यसले विद्यालयको आन्तरिक जिवनका गम्भिर समस्या रहेको बताउनु भयो । उहाँले दशैं आयो अब निजिस्रोतका शिक्षकको तलव कसरी दिने समस्या रहेको बताउनुभयो ।नगरले ३२ हजार दिन्छ भुक्तानी गर्दा ९० हजार ब्यायभार मासिक पर्ने गरेको र पुर्व प्रअको बिवाद मुद्वा पुनराबेदन जुम्लामा चलिरहेको प्रअ न्यौपानेले बताउनु भयो । वडा नं ७ का अध्यक्ष कपुर महतारा पुर्व वडा अध्यक्ष अदलसिह महतारा लगाएत कार्यक्रममा नगर िशक्षा साखा प्रतिनिधि दल ब जिसि , जनजागृती मा वि फुकाेटका प्र अ बेद प्रसाद बराल , माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा हिमचुलि कृषि सहकारी संस्थाका अध्यक्ष कालि ब महतारा , माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जगत ब शाही , नेत्रराज शाही ,पुर्व बिब्यस अध्यक्ष जसि रोकाया मओवादी केन्द्रका नेता कञ्चन शाही समाजवादिका जिल्ला सदस्य नमराज महतारा ले भनाइ राख्दै बिद्यालयको बिकासका लागि सबै एकजुट हुन जरूरी रहेको बताउनु भयो ।
वि व्य स सदस्य प्रेम भण्डारीले देउडा गीत मार्फत अाफ्नाे कार्यकालमा भएका कामहरु प्रस्तुत गर्नुभयाे कार्यक्रममा २०३४ सालमा विद्यालय स्थापना काल देखि बिभिन्नढंगले विद्यालयलाई सहयाेग गर्ने ब्यक्तित्वलाई बिद्यालयले सम्मान गर्दै सम्मान पत्र प्रदान गरेको छ । बिद्यालयका शिक्षक कपिल दर्जीले कार्यक्रममा उपस्थित सबैलाई मन्तव्य द्वारा स्वागत गर्नुभएकाे थियाे भने , शिक्षक मिना कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रमको रेडियो प्रदेश आवाजले प्रत्यक्ष प्रसारण समेत गरेको थियो । कार्यक्रम सन्चालनका क्रममा सो बिद्यालयका शिक्षिका नेकपा माओवादि निकट एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष मिना कार्किले बिद्यालयका पछिल्लो समय डिजिटल कक्षा देखि नमुना भौतिकसंरचना र बालमैत्रीकक्षालाई प्राथामिक्ता दिएको बताउनु भयो । बिद्यालयले बिगत बर्षको भन्दा शैक्षिक ब्यवस्थापनमा सुधार गरेको बिद्यालय प्रशासनले दाबि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !